• २०८१ बैशाख ७ शुक्रबार

एमबीबीएस प्रवेश परीक्षा सञ्चालनको बाटो खुल्यो

kharibot

काठमाडौं । एमबीबीएस प्रवेश परीक्षा सञ्चालनको बाटो खुलेको छ ।

सर्वोच्च अदालतले यसअघि भदौ २० गते दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने निर्णयगरेपछि अन्योलमा रहेको एमबिबिएस प्रवेश परीक्षा हुने भएको हो ।

 न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले आइतवार भदौ २० गते दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने निर्णय सुनाएको हो ।

'यस अदालतका एक न्यायाीशको इजलासबाट मिति २०७६/०५/२० मा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्न परेन, अरू कानूनबमोजिम गर्नू,' सर्वोच्चले भनेको छ ।

छात्रवृत्तिको विषय अन्तिम सुनुवाइ हुँदा निरूपण हुन सक्ने र रिट निवेदकले समेत ऐनले तोकेअनुसार नै छात्रवृत्ति पाउन सक्ने अवस्था रहेको सर्वोच्चले आदेशमा भनेको छ ।

हजारौं विद्यार्थी प्रवेश परीक्षामा सामेल हुन तयारीको अवस्थामा रहेको र विभिन्न शैक्षिक प्रतिष्ठानको शैक्षिक शत्रको कार्यतालिका नै प्रभावित हुने गरी अन्तरिम आदेश जारी गर्नु सुविधा सन्तुलनका दृष्टिले हेर्दा पनि मनासिव नदेखिएको सर्वोच्चको ठहर गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै