• २०८१ बैशाख ७ शुक्रबार

काँग्रेसको अवरोधपछि प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगित

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण प्रतिनिधिसभाको आजको दोस्रो बैठक स्थगन भएको छ ।

काँग्रेसले शुरु गरेको दोस्रो चरणको ‘जागरण अभियान’का क्रममा बाँकेको खजुरामा भदौ २६ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले काङ्ग्रेस जिल्ला सभापति किरण कोइरालालाई आक्रमण गरी हात भाँचिदिएको भन्दै काङ्ग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । 

आजको पहिलो बैठकमा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेपछि काङ्ग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि बैठक स्थगन गरेका थिए । अर्को बैठक स्थगन गरिएको बैठक करीब दुई घण्टापछि शुरु भएको थियो । सभामुख महराले दोस्रो बैठक शुरु गर्नेबित्तिकै काँग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।

बाँके घटनाका दोषीको किटान गरी दिएको उजुरी दर्ता नभएको, घटनाका दोषीलाई गृह प्रशासन नै बचाउन लागेको आरोप काङ्ग्रेस सांसदहरुले लगाएका थिए । 

दोस्रो बैठक पनि चल्न नसकेपछि सभामुख महराले भदौ ३० गते शनिबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगन गरेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै