• २०८१ बैशाख ६ बिहीबार

बिल गेट्सलाई पछि पार्दै अमेजनका मालिक बेजोस बने विश्वकै धनि 

kharibot

काठमाडौँ । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै अमेजनका मालिक जेफ बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा उक्लिएका छन् ।

फोर्ब्स पत्रिकाको रिपोर्ट अनुसार माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् ।

शुक्रबार अमेजन कम्पनीको शेयर १३.५ प्रतिशतले बढेपछि पछिल्लो तीन महिनामा अमेजनले एक बिलियन डलरको नाफा हासिल गरेको बताइएको छ । बेजोसले शुक्रबारको सेयर बढोत्तरीबाट करिब १० बिलियन डलर कमाएको रिपोर्टमा उल्लेख गरिएको छ । यसपछि बोजेसको कूल सम्पत्ति ९० अर्ब ६० करोड पुगेको छ । यसअघि पहिलो स्थानमा रहेका गेट्सको सम्पत्ति चाहिँ ९० अर्ब १० करोड डलर रहेको छ ।

गत जुलाई महिनामा पनि अमेजनको शेयर मूल्यमा भारी बढोत्तरीसँगै बेजोसले बिल गेट्सलाई पछि पार्दै विश्वको सबैभन्दा धनी मानिस बनेका थिए । तर उनको त्यो ताज एक दिन पनि टिकेन, शेयर मूल्यमा भएको गिरावटसँगै केही घन्टामै उनी दोस्रो स्थानमा झरिहाले । जुलाई महिनामा बेजोसको सम्पत्ति ९० अर्ब ९० करोड पुगेको थियो ।

६ महिनाअघि मात्र वारेन बफेटलाई पछि पार्दै बेजोस विश्वका दोश्रो धनी व्यक्ति बनेका थिए । त्यसअघि उनी तेश्रो स्थानमा थिए । यो वर्षमात्रै बेजोसको सम्पत्ति १० अर्ब २० करोडले थपिएको छ भने नोभेम्बर ८ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेयता मात्रै बेजोसको सम्पत्तिमा ७ अर्ब डलरको बढोत्तरी भएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै