• २०८१ बैशाख ७ शुक्रबार

सिपिएलमा बार्बाडोस पराजित, सन्दीपको औसत प्रदर्शन 

kharibot

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत बार्बाडोस ट्रीडेन्टस पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा बार्बाडोस जमैका तल्लावाहसँग ४ विकेटले पराजित भएको हो ।

बार्बडोसले दिएको १४१ रनको लक्ष्य पछाएको जमैकाले १८.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

जमैकाका लागि चडविक वाल्टनले अविजित ५१ रन बनाए भने ग्लेन फिलिपले २८, जेभेल ग्लेनले २७, क्रिस गेलले २२ रन बनाएका थिए ।

बार्बाडोसका बलर जासन होल्डर र हेडेन वाल्शले २-२ विकेट लिए भने सन्दीप लामिछाने र रोशोन प्रिमुसले १-१ विकेट लिए ।

सन्दीप लामिछानेले ४ ओभरमा एक मेडनसहित ३५ रन दिएर एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बारबाडोसले २० ओभरमा ९ विकेट गुमाउदै १४० रन बनाएको थियो ।

बार्बाडोसका लागि एशले नर्सले सर्वाधिक ३७ रन बनाए भने जेपी डुमीनीले ३१, जोनशन चार्ल्स र एलेक्स हेल्सले १२-१२ रन र सन्दीप लामिछानेले अविजित १० रन बनाएका थिए ।

यो जितसँगै जमैकाले आफ्नो पाँचौ खेलमा पहिलो जित हासिल गरेको छ ।त्यस्तै बार्बाडोसले भने आफ्नो तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।

अब सन्दीपको बार्बाडोसले आगामी शनिबार विहान सेन्ट लुसियासँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै