• २०८१ बैशाख ८ शनिबार

अन्तिम खेल जितेर इङल्याण्डद्वारा एशेज सिरिज बराबरी

kharibot

काठमाडौँ । एशेज सिरिज अन्तत: २-२ को बराबरीमा सकिएको छ । अन्तिम टेस्ट घरेलु टिम इङल्याण्डले जितेपछि ५ खेलको सिरिज २-२ को बराबरी भएको थियो ।

इङल्याण्डले दिएको ३९९ रनको लक्ष्य पछाएको अस्ट्रेलिया २६३ रन बनाएर अल आउट भएपछि इङल्याण्ड १३५ रनले विजयी भएको थियो ।

यो सिरिजपछि अस्ट्रेलिया २० बर्षमा इङल्याण्डबाट सिरिजमा हर नबेहोरी घर फर्केको छ भने इङल्याण्डले पनि कमब्याक गर्दै सिरिज गुमाउनबाट बचेको छ ।

समग्रमा हेर्दा दुवै टिमले उत्कृष्ट क्रिकेट खेलेका छन् ।

यस सिरिजमा अस्ट्रेलियाका स्टिभन स्मिथ र इङल्याण्डका बेन स्टोक संयुक्त रुपमा प्लेयर अफ द सिरिज बनेका छन् ।

स्मिथ र स्टोक बाहेक यस सिरिजमा सर्वाधिक चर्चा तिब्र गतिका बलर जोफ्रा आर्चरको भयो । आर्चरले अन्तिम खेलको पहिलो इनिंगमा ६ विकेट समेत लिएर खेलको म्यान अफ द म्याच समेत बने ।

यस प्रतियोगितामा स्टिभन स्मिथले ४ खेलका ७ इनिंगमा ७७४ रन बनाए । ११०.५७ को औसतले स्मिथले ३ शतक र ३ अर्धशतक बनाएका थिए ।

त्यस्तै इङल्याण्डका बेन स्टोकले ५ खेलका १० इनिंगमा ४४१ रन बनाए । ५५.१२ को औसतमा स्टोकले २ शतक र २ अर्धशतक बनाएका थिए ।

त्यस्तै यस सिरिजमा अस्ट्रेलियाका पाट कमिन्सले सर्वाधिक २९ विकेट लिए । त्यस्तै इङल्याण्डका स्टुअर्ट बोर्डले २३ विकेट लिए भने जोफ्रा आर्चारले २२ विकेट लिए ।

त्यस्तै अस्ट्रेलियाका जोस हेजलवुड र नाथन लियोनले २०-२० विकेट लिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै