• २०८१ बैशाख ८ शनिबार

आयुष्मानको 'ड्रिम गर्ल' को बक्स अफिसमा जादु  

kharibot

काठमाडौँ । बलिवुडमा गत शुक्रबार देखि रिलिज भएको अभिनेता आयुष्मान खुरानाको फिल्म ड्रिम गर्ल अहिले निकै चर्चामा रहेको छ ।

फिल्मले रिलिजको तीन दिनमा ४४ करोड ५७ लाख कमाई गर्दै तीन दिनमैआफ्नो सम्पूर्ण लगत उठाएको छ ।

एकता कपुरले निर्माण गरेको यो फिल्म अब विस्तारै सय करोड क्लब तिर जादै छ ।

पहिलो दिन शुक्रबार केवल १० करोड ५ लाख कमाई गरेकको ड्रिम गर्लले दोस्रो दिन १६ करोड ४२ लाख र तेस्रो दिन १८ करोड १० लाख कमाई गरेको छ ।

यसका साथै यो फिल्म आयुष्मानको क्यारियरकै शुरुको तीन दिनमा धेरै कमाई गर्ने फिल्म बनेको छ ।यस अघि बधाई हो ले चार दिनमा ४५ करोड ७० लाख कमाई गरेको थियो भने आर्टिकल १५ ले तीन दिनमा २० करोड अन्धाधुनले १५ करोड, शुभमंगल सावधानले १४ करोड ४६ लाख र बरेली कि बर्फीले ११ करोड ५२ लाख कलेक्सन गरेका थिए ।

यस फिल्मपछि आयुष्मान बलिवुडमा यस बर्ष रिलिज भएर उत्कृष्ट कमाई गर्ने टप १० फिल्मको सुचिमा समेत परेका छन् ।

यस बर्ष रिलिज भएका फिल्ममा पहिलो विकइन्डमा सलमान खानको भारतले ९५ करोड ५० लाख कमाई गरेको थियो भने प्रभासको साहोले ७९ करोड ८ लाख कमाई गरेको थियो ।

त्यस्तै कवीर सिंहले ७० करोड ८३ लाख, मिशन मंगलले ७० करोड, टोटल धमालले ६२ करोड ४० लाख, केसरीले ५६ करोड ५६ लाख, गली ब्वायले ५१ करोड १५ लाख, सुपर ३० ले ५० करोड ७६ लाख, कलंकले ४४ करोड ६५ लाख कमाई गरेका थिए ।          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै