• २०८१ बैशाख ४ मंगलबार

सुनको मूल्य बढ्यो

kharibot

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

आइतबार तोलामा ४ सयले घटेर ७० हजार २ सयमा कारोबार भएको सुनको मुल्य सोमबार ११ सयले वृद्धि भएर प्रति तोला ७१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै चाँदीको मूल्यमा प्रतितोला २५ रुपैयाँ बढेर ८६५  रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै