• २०८१ बैशाख ७ शुक्रबार

रोकिएन नेप्सेको घट्ने क्रम, एकै दिन १६ अंक घट्यो 

kharibot

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से उच्च अंकले घटेको छ । नेप्से आज १६ दशमलव १८ अंकले घटेर ११ सय २३ दशमलव ८३ विन्दुुमा झर्दा सेन्सिटिभ पनि तीन दशमलव ६६ अंकले घटेर दुई सय ४६ दशमलव ३५  विन्दुुमा झरेको छ । 

एक सय ६९ कम्पनीहरुको सात हजार पाँच सय ४७ वटा कारोबारमा १२ लाख ४८ हजार चार सय नौ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम ३४ करोड ३९ लाख १८ हजार दुुई सय २१ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समूहको कारोबार भएकोमा टे«डिङ समूहको सूचकामा सामान्य अंकले सुधार देखिएपनि बाँकी समूहको सूचक उच्च विन्दुुमा घटेका छन् ।

जसमध्ये वाणिज्य बैंक समूहको सूचक १३ दशमलव सात अंकले घटेर एक हजार ३३ दशमलव ४३ विन्दुुमा झर्दा विकास बैंक समूहको सूचक सात दशमलव ७७ अंकले घटेर १५ सय ४१ दशमलव ७५ विन्दुुमा झरेको छ । 

जलविद्युुत् समूहको सूचक पनि १४ दशमलव ३८ अंकले घटेर नौ सय २४ दशमलव ४२ विन्दुुमा झर्दा निर्जीवन बीमा समूहको सुुचक पनि ७७ दशमलव ४४ अंकले चार हजार दुुई सय ७१ दशमलव ६२ विन्दुुमा झरेको छ । 

यसैगरी लघुुवित्त, जीवन बीमा, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् ।  

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य तीन रुपैयाँ ९८ पैसाले बढेर छ सय २७ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य सात रुपैयाँ नौ पैसाले घटेर चार सय ५८ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको छिमेक लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता नौ सय ६५ रुपैयाँ अन्तिम मूल्यमा एक करोड ८० लाख १९ हजार नौ सय ४५ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै