• २०८१ बैशाख १३ बिहीबार

बाँके घटनाका विषयमा आजपनि काँग्रेसको संसद अवरोध, बैठक स्थगित

kharibot

काठमाडौं । प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्धा चलाउन नपाईने भन्दै विरोध गरेपछि प्रतिवादमा कांग्रेस सांसदहरु विरोधमा उत्रिएका हुन् ।

बाँके घनालाई लिएर खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्ल विरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसंगै कांग्रेस संसद संचालन गर्न सहमत भएको थियो ।

काँग्रेसले दोषीलाई कारवाहीको प्रतिवद्धता सरकारबाट मागिरहेका बेला सहमति विपरित सत्तापक्षकै सांसदले घटनाको बारेमा भिन्न दाबी प्रस्तुत गर्दे आफुहरुले पनि आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि सहमति भाँडिएको छ ।

बाँके घटनालाई लिएर खजुरा गाउपालिका वडानम्बर १ का अध्यक्षलाई मुद्धा लगाउन नपाउने भन्दै सत्तारुढ दल नेकपाका सांसद नन्दलाल रोका क्षेत्रीले विरोध जनाए लगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।

काँग्रेस सांसदहरु उभिईरहेकै समयमा सांसद रोकाले बांके घटनामा नेपाली कांग्रेसकै कार्यकर्ता जिम्मेवार भएको जिकिर गर्दे वडाअध्यक्षलाई मुद्धा चलाए आफुहरु पनि आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि बैठकको वातावरण अस्वभाविक बनेको हो ।

सांसद रोकाले भने,“कसैले पनि त्यहा हातपात गरेको छैन । कुनै पनि केही घटना घटेको छैन । त्यहाँ कसैले कसैलाई छोएकै छैन । त्यसै आक्षेप लगाएर हुदैन । तर वडा अध्यक्ष वेकसुर छ। त्यो वडा अध्यक्षलाई मुद्धा लगाउने भन्ने कुरा कतै पनि सहन सक्दैनौं। यदि नेपाली कांग्रेसले आन्दोलन गर्छ भने हामीले पनि आन्दोलन गर्छौ। आन्दोलन किन नगर्ने? हामी सत्य कुरा मात्रै स्वीकारर्छौ। असत्य कुरा कुनै पनि हालतमा स्वीकार गर्दैनौ । समिति गठन गरेर छानविन गर्नुपर्छ। जो दोषी छ कारवाही गरौं। समिति गठन विना हुन सक्दैन । समिति गठन गरेर छानविन गर्नुपर्छ।’

सांसद रोकाको अभिव्यक्ति पछि नेपाली काँग्रेसका सांसदहरुले बोल्न समय मागेका थिए । तर सभामुखले समय नदिएपछि उनीहरुले वेल घेराउ गरि नाराबाजी गरेका हुन् ।

काँग्रेस सांसदहरुले भन्दै झण्डै आधा घण्टा नाराजाबी गरेपछि सभामुख कृष्णबहादुर महराले आगामी असोज १ गते विहान ११ बजे सम्मका लागि स्थगित गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै