• २०८१ बैशाख ७ शुक्रबार

दयाहाङ र उपासनाको ‘माया पिरती’ सार्वजनिक

kharibot

काठमाडौँ । यहि असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको रामबाबु गुरुङ निर्देशत फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को तेस्रो गीत ‘माया पिरती’ सार्वजनिक भएको छ ।

अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड रोमान्टिक गीतमा अहिलेका लोकप्रिय गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको गायन, संगीत र शब्द रहेको छ । 

स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गर्ने यो फिल्मको यसअघि सार्वजनिक भएको गीतसंगीत र ट्रेलरले राम्रो चर्चा बटुलिसकेको छ । 

निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले फिल्मको कथा तयार पारेका हुन् । शैलेन्द्र डि. कार्कीले खिचेको यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । सुरेन्द्र पौडेल र निमेष श्रेष्ठले सम्पादन गरेको फिल्मको निर्माता मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार हुन् । 

फिल्ममा दयाहाङ र उपासनासँगै कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । रेनशा वान्तवा राईको फिल्मको गीतमा कोरियोग्राफी छ । ‘कबड्डी’ को दोस्रो श्रृंखला जहाँबाट अन्त्य भएको छ फिल्म त्यहीँबाट सुरु हुने बताइएको छ ।

'माया पिरती’ भिडियो :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै