• २०८१ बैशाख ७ शुक्रबार

मेसी फिट, च्याम्पियन्स लिगमा डोर्टमण्डविरुद्ध खेल्ने

kharibot

काठमाडौँ । लियोनेल मेसी इन्जुरीबाट ठिक भएर डोर्टमण्डविरुद्धको च्याम्पियन्स लिग अन्तर्गतको समुह चरणको खेलमा खेल्ने भएका छन् ।

बार्सिलोनाले मेसी फिट भएको जानकारी दिदै डोर्टमण्डविरुद्ध खेल्ने खेलाडीको सुचीमा मेसीको नाम समावेश गरेको छ ।

प्रमुख खेलाडी इन्जुरी हुदा समस्यामा रहेको बार्सिलोना मेसीको इन्जुरी ठिक हुदा च्याम्पियन्स लिगमा बार्सिलोनाले राम्रो शुरुवात गर्ने विश्वास गरिएको छ ।

बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गत समुह एफको समुह चरणको पहिलो खेलमा मंगलबार राति जर्मनी क्लब डोर्टमण्डविरुद्ध खेल्दै छ ।

मेसी यस सिजनमा बार्सिलोनाको प्रिसिजन टुरमा नापोलीविरुद्धको खेलपछि इन्जुरिका कारण मैदान बाहिर रहेका छन् । ला लिगामा मेसी बिना बार्सिलोनाले औसत सुरुवात गरेको छ ।

अहिलेसम्म ४ खेल खेलेको बार्सिलोना २ जित एक बराबरी र एक हारसहित ७ अंक बटुलेको छ । पछिल्लो खेलमा लुइस स्वरेज इन्जुरीबाट फर्किएपछि बार्सिलोनाले भलेन्सियालाई ५-२ गोल अन्तरले पराजित गरेको थियो ।

मेसी र स्वरेज इन्जुरीबाट ठिक भएपनि बार्सिलोनाका डिफेन्डर साम्युल उमटिटिर फरवार्ड उसमान डेम्बेले इन्जुरिका काराण अझै बाहिर रहेका छन् ।                    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै