• २०८१ बैशाख १२ बुधबार

चट्याङ लागेर बारामा एकको मृत्यु, एक घाईते

kharibot

बारा । बाराको सिम्रौनगढ़ नगरपालिका-११ भगवानपुरमा चट्याङ लागेर एक जनाको घटना स्थल मैं मृत्यु भएको छ । 

सोमवार अपरान्ह करिब साढे ४ बजे परेको चट्याङ लागेर सिम्रौनगढ़ नगरपालिका-११ का ४० वर्षीय प्रभु साह तेलीको मृत्यु भएको हो । 

उनी हरनहिया र भगवानपुरको बीचमा पर्ने आफ्नों खेतमा पम्पिंग सेटबाट पानी तानी रहदा चट्याङ परेको ईलाका प्रहरी कार्यालय महेंद्र आदर्शले जानकारी दिएको छ । 

सोही चट्याङमा परी एक जना घाइते भएका छन् । घाईते हुँनेमा आदर्श कोतवाल गाउँपालिका-४ कोइलिडीह घर भएका ३० वर्षीय बिजय यादव रहेको प्रहरीले जनाएको छ । मृतक तेलीलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल कलैया लगिएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै