• २०८१ बैशाख ७ शुक्रबार

असोज २ गते देशभरका सरकारी अस्पतालमा निःशुल्क ओपीडी सेवा

kharibot

काठमाडौं । सरकारले असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्था मार्फत निःशुल्क सेवा प्रवाह गर्ने भएको छ ।

संविधान दिवसको अघिल्लो दिन सरकारको मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाहरुको बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको हो ।

सरकार मातहतका देशैभरिका  अस्पताल र स्वास्थ्य सं स्थाले ओपीडी सेवाका लागि सुरुमा शुल्क लिएर टिकट काट्ने गरेका थिए । मन्त्रालयका अनुसार, ओपीडी निःशुल्क भए पनि अन्य सेवा भने पूर्ववत् प्रवाह हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूअन्तर्गतका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट असोज २ का दिन ओपीडी सेवाको टिकट निःशुल्क हुने जनाएको छ । यसका लागि सम्बन्धित सबैलाई सर्कुलर गरिसकेको मन्त्रालयको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै