काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज ६९औं जन्मदिनको अवसरमा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री केपी ओलीले ट्वीट गर्दै मोदीलाई तीन भाषामा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले अंग्रेजी, गुजराती र हिन्दी भाषामा मोदीलाई बधाई दिएका हुन् ।
मोदीको जन्ममा बिहानदेखि विश्व नेताहरूले शुभकामना व्यक्त गर्दै आएका छन् ।