• २०८१ बैशाख ८ शनिबार

भिडियो स्ट्रीमिङ डिभाइस सार्वजनिक गर्दै फेसबुक 

kharibot

अमेरिका । सामाजिक सञ्जाल फेसबुकले छिटै टिभी स्ट्रीमिङ डिभाइस सार्वजनिक गर्ने भएको छ । यो डिभाइस अमेजनको पोर्टल टिभी डिभाइस फायर स्टिक जस्तै हुने बताइएको छ । यो डिभाइसलाई फेसबुकको पोर्टल डिभाइसको सिरिज अन्तर्गत सार्वजनिक गरिने फेसबुकको भनाइ छ । 

भेराइटी म्यागजिनमा छापिएको एक प्रतिवेदनअनुसार यसमा टिभी हेर्न र अग्मेन्टेड रियल्टी बाहेक क्यामरा र भिडियो च्याटिङको फिचर समावेश छ । यो डिभाइसको लागि फेसबुकले नेटफ्लिक्स, डिज्नी लगायत अन्य तेस्रो पक्ष स्ट्रीमिङ सेवा प्रदायकसँग वार्ता गरिरहेको छ । मानिसहरुले यी ओभर द टप मिडिया सेवा (ओटीटी) प्रदायकका भिडियो कन्टेन्टहरु यो डिभाइसको माध्यमले हेर्न सक्ने फेसबुकको भनाइ छ । 

यो डिभाइसले एन्ड्रोइडमा काम गर्नेछ । प्रयोगकर्ताले यो डिभाइसको प्रयोग आफ्नो फेसबुक एकाउन्टको माध्यमले गर्न सक्नेछन् । उनीहरुले यसको माध्यमले भिडियो कल र च्याट पनि गर्न सक्नेछन् । फेसबुकले आफ्नो यो डिभाइसलाई यो वर्षको अन्त्यसम्ममा सार्वजनिक गर्ने योजना रहेको बताएको छ । 

\साथै, फेसबुकले आफ्नो भिडियो च्याट डिभाइस पोर्टलको नयाँ भर्जन पनि सार्वजनिक गर्ने तयारी गर्दै छ । यो पनि वर्षको अन्त्यमा बजारमा आउन सक्ने अनुमान छ । फेसबुकले पोर्टल गतवर्ष सार्वजनिक गरेको थियो । हाल यसका दुई मोडल विभिन्न देशमा विक्रीका लागि उपलब्ध छन् । १० इन्चको यो डिभाइसको मूल्य करीब १९९ डलर तोकिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै