• २०८१ बैशाख १४ शुक्रबार

सिद्धार्थ बैंकले २५ दसमलव २६ प्रतिशत लाभांश दिने 

kharibot

काठमाडौ । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५÷७६ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई २५ दसमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

बैकको यही भदौ ३० गते बसेको सञ्चालक समितिको तीन सय २३ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १५ दसमलव २६ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल २५ दसमलव २६ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकको हालको चुक्ता पूँजी आठ अर्ब ८८ करोड ७६  लाख चार हजार पाँच सय ४० रुपैयाँमा १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख ६० हजार चार सय ५४ रुपैयाँ बोनस शेयर तथा १५ दसमलव २६ प्रतिशत बराबरको एक अर्ब ३५ करोड ६५ करोड २९ लाख एक सय १४ रुपैयाँ नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति पश्चात साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकले जानकारी दिएको छ ।  

बैंकले हाल देशभर एक सय ६७ वटा शाखा (चार वटा एक्स्टेन्सन् काउन्टर सहित), एक सय एक वटा शाखारहित बैंकिङ्ग सेवा, एक सय ८२ एटिएम र १५ सय भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै