सिटी एक्सप्रेसको 'लखपति एक्सप्रेस २०७६-न यति न उति सिधै लखपति' योजना सार्वजनिक

खरीबोट

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति” उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले रु २०० को मोबाइल टप अप जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले रु १०,००० र हरेक महिना लक्कीड्रमा विजयी हुने १ जनालाई रु १००,००० उपहार प्रदान गरिने छ । 

उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार रु १०,००,००० जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो “लखपति एक्सप्रेस २०७६ - न यति न उति सिधै लखपति” अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । 

यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु हुनेछैन ।
 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीद्धारा सिटी एक्सप्रेस ग्रुपलाई सम्मान

काठमाडौँ । सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२ हजार थान ज्याकेट दिएर सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यसै अनुरुप भक्तपुर स्थित मानव सेवा आश्रमको

सिटी एक्सप्रेसको 'लखपति एक्सप्रेस २०७६-न यति न उति सिधै लखपति' योजना सार्वजनिक

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “लखपति एक्स्प्रेस २०७६ -

मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशनको एक लाख सहयोग 

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३औं बार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गतस्थापित  सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई एक लाख हस्तान्तरण गरेको छ  “मानव सेवा आश्रम” संस्थाका प्रमुख संरक्षक डा.

जापानमा तेक्वान्दो च्याम्पियनशिपमा भाग लिने खेलाडीलाई सिटी एक्सप्रेसको सहयोग 

काठमाडौँ । जापानको ओसाकामा हुन गइरहेको १७औं वाताओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिपमा नेपाल तेक्वान्दो संघको तर्फबाट भागलिन नेपालबाट सहभागी तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसले सहयोग गरेको छ । सिटी एक्सप्रेसले खेलाडीहरुलाई सफलताको


z