• २०८१ बैशाख ११ मंगलबार

इपिएलको प्रत्यक्ष प्रसारण डिस्कभरी नेटवर्कको ‘डी-स्पोर्ट्स’ बाट हुने

kharibot

काठमाडौं । यस बर्षको एभरेष्ट प्रिमियर लिग (इपिएल) को प्रत्यक्ष प्रसारण डिस्कभरी नेटवर्कको ‘डी-स्पोर्ट्स’ नामक भारतीय टेलिभिजन च्यानलबाट हुने भएको छ ।

राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा इपिएल र डी-स्पोर्ट्सबीच ग्लोबल प्रसारण अधिकार सम्बन्धि हस्ताक्षर भएको छ । ईपीएलका लागि अख्तर र डी स्पोर्ट्सका सिइओ दिलिप शरणले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

यस बर्षको इपीएलको ग्लोबल प्रशारणक ओधिकार डिस्कभरी एसिया प्यासिफिकले सन्चालन गरेको च्यानलले खरिद गरेको हो तर नेपालको लागि भने प्रसारण अधिकार ईपीएलसँग नै रहेको छ । 

इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले आवश्यक परेको खण्डमा इपीएलको नेपालमा प्रत्यक्ष प्रशारण नेपाली च्यानलबाट पनि हुनसक्ने बताए । डी स्पोर्ट्सले यसअघि अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, निददास ट्रफीलगायत प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरेको थियो ।

नेपाली फ्रेन्चाइज क्रिकेटमा पहिलो पटक अन्तर्राष्ट्रिय मिडियाको प्रयोग गरिएको हो । यसअघि इपीएलले पहिलो संस्करण कान्तिपुर टेलिभिजनले गरेको थियो । दोस्रो र तेस्रो संस्करण भने एपीवान एचडीले गरेको थियो ।

डी स्पोर्ट्सका सिइओ दिलिप शरणले सम्झौतापछि आफुहारु डी स्पोर्ट्समा इपिएल प्रशारण गर्न पाउदा उत्साहित भएको बताउदै आफुहरुले नेपाली क्रिकेटका अन्तर्राष्ट्रिय दर्शक र विदेशमा रहेका नेपालीलाई लक्षित गरेर इपिएल प्रशारण गर्ने बताए ।

त्यस्तै इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले डीस्पोर्ट्ससँगको सहकार्यले नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने बताउदै यसले इपिएललाई विश्वस्तरमा पुर्याउने बताए ।    

इपिएलको यस बर्षको प्रतियोगिता आगामी फागुन १७ देखी चैत्र १ सम्म हुने छ ।

साथै यस बर्षको इपिएलमा सबै फ़्रेन्चाइजीले टेस्ट खेल्ने देशबाट कम्तिमा एक जना आइकोनिक खेलाडी भित्र्याउनु पर्ने नियम बनाइएकोले अन्तर्राष्ट्रिय क्रिकेटका सुपरस्टार क्रिकेटरहरु समेत आउदो इपिएलमा देख्न सकिने सम्भावना बढेको छ ।

इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले आइकोनिक खेलाडीको शर्तले अन्तर्राष्ट्रिय क्रिकेटका ठुला नामहरु नेपालमा आएर खेल्ने अवस्था बनेको बताउदै अन्तर्राष्ट्रिय स्तरको लिग बनाउन सबै प्रयास गरिरहेको जानकारी दिएका छन् ।

इपिएलमा काठमाडौँ किंग्स, ललितपुर प्याट्रीयाट्स, पोखरा राइनोज, चितवन टाइगर्स, बिराटनगर वारियर्स र भैरहवा ग्लाडीयटर्स गरी ६ टिम रहेका छन् ।

२०१७ मा भएको इपिएल बिराटनगर वारियर्सले जितेको थियो भने गत सिजनको उपाधि ललितपुर प्याट्रीयटर्सले जितेको थियो ।                
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै