च्याम्पियन्स लिगमा नेइमारको प्रतिबन्ध घट्यो 

खरीबोट

काठमाडौँ । पिएसजीका ब्राजिलियन स्टार खेलाडी नेइमारको च्याम्पियन्स लिगको प्रतिबन्ध घटेको छ ।

गत सिजनको खेलमा खेल अधिकारीलाई सामाजिक संजालमा आलोचना गरेका कारण तीन खेलको प्रतिबन्ध लागेका नेइमारलाई कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्सले एक खेलको प्रतिबन्ध घटाएर २ बनाएको छ ।

गत मार्चमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा इन्जुरिका कारण बेन्चमा रहेका नेइमारले खेल अफिसियलले पक्षपात गरेको भन्दै सामाजिक संजालमा आलोचाना गरेका थिए ।

अन्तिम १६ को सो खेलमा युनाइटेडले पिएसजीलाई पराजित गर्दै च्याम्पियन्स लिगबाट बाहिर पठाइदिएको थियो ।

नेइमार प्रतिबन्धका कारण बुधबार राति हुने रियल म्याड्रिडविरुद्धको समुह चरणको पहिलो खेल र आगामी अक्टोबर २ मा हुने गालाटासारेविरुद्धको दोस्रो खेल गुमाउने छन् ।

नेइमार च्याम्पियन्स लिगमा अब अक्टोबर २३ मा समुह चरणको तेस्रो खेल क्लब ब्रुग्गेविरुद्ध मात्र खेल्न पाउने छन् ।

कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्सले एक विज्ञप्ति जारी गर्दै पिएसजीले गरेको अपिल अनुसार सुनुवाई हुदा २ खेलमा मात्र प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिएको छ ।

यसै सिजनमा पिएसजी छोड्ने रस्साकस्सीका बीच पिएसजीमै बसेका नेईमारले लिग वानमा यस सिजनमा आफ्नो पहिलो खेल खेल्दै गत शनिबार स्ट्रासबर्गविरुद्ध निर्णायक गोल गरेर पिएसजीलाई जिताएका थिए ।                    
 

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको जित, स्टरलिङको ह्याट्रिक

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले लगातार तेस्रो जित हासिल गरेको छ । समुह सी अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले एटलान्टालाई ५-१ गोल अन्तरले पराजित गरेको छ । सिटीको

क्रुजको निर्णायक गोलमा रियल म्याड्रिडको जित 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस क्लब रियल म्याड्रिडले यस सिजनको पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले टर्कीको क्लब गालाटासारेलाई १-० गोल अन्तरले पराजित गरेको छ

च्याम्पियन्स लिगमा पिएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले क्लब ब्रुगेमाथि सहज जित हासिल गरेको छ । समुह ए अन्तर्गत गएराती सम्पन्न खेलमा पिएसजीले क्लब ब्रुगेलाई ५-० गोल अन्तरले पराजित गरेको छ । पिएसजीको जितमा

डिबालाले दुई गोल गर्दै युभेन्टसलाई जिताए

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत इटालियन क्लब युभेन्टसले जित हासिल गरेको छ । समुह डि अन्तर्गत युभेन्टसले रसियन क्लब लोकोमोटीभ मस्कोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा अर्जेन्टिनी स्ट्राइकर


z