• २०८१ बैशाख ८ शनिबार

अस्पताल आफै विरामी : कसले गर्छ उपचार ?

kharibot

बारा । कुनै बेला जिल्लाका सम्पन्न व्यक्तिदेखि ग्रामीण क्षेत्रका गरीब, असाहय, मजदुर, किसानले राम्रो उपचार पाउने अस्पतालले परिचित कलैया जिल्ला अस्पताल यति बेला लथालिंङ्ग बेसहारा बनेपछि आफै विरामी जस्तो बनेको छ ।

दरबन्दी अनुसार डाक्टर, कर्मचारी नहुनु, बिरामीलाई निःशुल्क बितरण गर्नुपर्ने औषधि अभाव, ल्याब र फार्मेसी सँधै बन्द रहनु जस्ता कारणले अस्पतालको अवस्था लथालिंङ्ग बनेको छ भने अस्पतालको समिती बेखबर बनेपछि अहिले अस्पताल आफै नैं बेसाहारा बनेको हो ।

अस्पतालमा महिनादेखि प्रसूतिको शल्यक्रिया पनि बन्द छ । प्रसुतिका एक चिकीत्सक रहे पनि समय मैं प्रारम्भिक प्रसुतिका उपचारमा आएका ग्रामीण महिला छटपटाईरहेको देख्न सकिन्छ ।

डाक्टर, ल्याब हेर्ने विशेषज्ञ र रेडियोग्राफर गरी ५९ जनाको दरबन्दी रहे पनि जम्मा एक प्रसुति बिशेषज्ञ ६ महिनाको कन्ट्रयाक बेसीसमा आएका र चार जना एम.बि.बि.एस उतिर्ण गरी छात्रबृतिमा दुई बर्षे सेवा दिन आएका मेडिकल चिकीत्सक मात्र अस्पतालमा रहेका छन् ।

पूर्वाधार र प्रविधिले सम्पन्न निजी अस्पताल भन्दा कम नभए पनि सेवा सुबिधा कमजोर रहँदा अस्पताल रित्तो बनेको छ । अहिले जिल्ला बासीले महङ्गोंमा उपचार गर्न बिमारीहरु बाध्य भएका छन् ।

अस्पतालमा बिहान १० देखि दिउँसो दुई बजे सम्म मात्रै बिरामी जाँच्ने तिनै ४ चिकत्सकले पालैपालो काम गरे पनि १२ बजे पछि तिनै चिकित्सक नभेटिने गरेको र सबै सेवा ११ बजे पछि प्राय बन्द हुँने जो कोहीले पनि सजिलै देख्न सक्दछ ।

बिरामीको चाप बढे पनि अस्पतालले राम्रोसँग सेवा दिन नसके पछि चाँडै फर्कने र अन्यत्र उपचार गर्न जाने असाध्यै निम्न आए भएका गरीबहरु भने अस्पतालमा उपचार पाउँने आशा साँचेर बस्ने गरेका छन् ।

अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन मेडिकल अधिकृत प्रेमचन्द्र चौरासीयाले पाँच जना बिशेषज्ञको दरबन्दि भए पनि कोही पनि नभएकोले हाल एक जना प्रसुतिको बिशेषज्ञ ६ महिनाको करारमा आएको बताउँदै पिछडिएको जिल्लामा परिचित यो अस्पताल सरकारले ध्यान नदिने हो भने बन्द गर्न सुझाएका छन् ।

बिगतमा अस्पतालको ओ.पि.डीमा दैनिक दुई सय देखि तीन सयको हाराहारीमा बिरामी आउँने गरे पनि हाल ज्यादै न्यून रहेको छ । आकस्मिक कक्षमा दैनिक २० तीस जना सम्म बिरामी आउँने गरे पनि उनीहरुलाई सेवा दिन आवश्यक जनशक्ति, चिकित्सक, बन्द आधुनिक मेसिन, औषधिको अभाव, रातको समयमा ल्याब सञ्चालन नहुने जस्ता समस्यै समस्या असपतालमा रहेको छ

डाक्टर, ल्याब हेर्ने विशेषज्ञ र रेडियो ग्राफर, देखी सरसफाई सम्मका ५९ जनाको दरबन्दी रहे पनि हाल जम्मा ११ जना कार्यरत रहेको अस्पतालले जनाएको छ ।

‘सुत्केरी व्यथा लागेका महिला दैनिक तीन देखि चार जनाको संख्यामा अस्पताल आउँने गरेका छन् र मेडिकल डाक्टरहरुले प्रसुतीका डाक्टर अस्पताल नियमित अस्पताल नबस्दा अपरेशन सेवा बन्द भएको भन्दै बाहिर रेफर गर्ने गरेको दुखका साथ व्यक्त गर्ने गरेका छन् ।

सुत्केरी व्यथा लागेका महिलालाई बिरगंजका निजी अस्पतालमा लैजाँदा ३० देखी ५० हजार सम्म खर्च हुँने गरेको स्थानीयहरु गुनाँसो गर्छन् ।
हाल यो अस्पताल प्रदेश सरकार मातहत छ , तर प्रदेश सरकारले पनि सेवा सुविधा व्यवस्थित गर्न चाँसो दिएको छैन । गत आर्थिक वर्ष २०७५-७६ मा निःशुल्क वितरण गरिने औषधि किन्न अस्पताललाई एक रुपैयाँ पनि प्रदेश सरकारबाट आएको देखिदैन ।

प्रदेश सरकारले निर्माण गरेको बिकास समिती समेत बेखबर भए पछि विजुली, शौचालय, जेनेरेटर बिग्रिएको, दुई वटा एम्बुलेन्स थन्किएको र  पानी समेत अभाव बनेपछि अस्पताल बेसाहारा बनेको एक स्थानीय बताउछन् ।

त्यस्तै अर्का स्थानीयले समेत अस्पतालबाट आँफुहरु जस्तो असाहय पिडित बन्नु परेको बताए ।

आमा सुरक्षा कार्यक्रम अन्तर्गत पाउँने यातायात खर्च र शोध भर्ना रकम समेत प्रदेश सरकारले पठाएको छैन । सेवा सञ्चालनका लागि जनशक्ति र रकम पठाउँन बिकास समितीले चाँसो नदिनु र प्रदेश सरकार गम्भिर नबन्दा सम्पन्न अस्पतालमा प्रार्थमिक सेवा मात्रै उपलव्ध रहेको छ ।

जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सुबिधा सम्पन्न यस जिल्ला अस्पतालमा दरिद्र उपचार देखिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै