यस बर्षको पृथ्वी प्रज्ञा–पुरस्कार सत्यमोहन जोशीलाई प्रदान गरिने 

खरीबोट

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा चार-चार वर्षमा प्रदान गरिँदै आएको गहन महत्वको पुरस्कार ‘पृथ्वी प्रज्ञा–पुरस्कार’ २०७६-७८ का लागि वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ । 

पुरस्कारको राशि रु चार लाख रहेको प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याले जानकारी दिनुभयो । आज सम्पन्न ३४औँ प्राज्ञसभाले उक्त निर्णय गरेको हो ।

प्रतिष्ठानले प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा सामाजिकशास्त्र, संस्कृति तथा दर्शनशास्त्र पुरस्कार प्रा डा त्रिरत्न मानन्धरलाई, नेपाल प्रज्ञा नेपाली भाषा पुरस्कार २०७५-७६ का लागि प्रा डा टङ्कप्रसाद न्यौपानेलाई, प्रत्येक एक÷एक वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७५ का लागि मदन रेग्मीलाई, २०७६ का लागि भागिरथी श्रेष्ठलाई, पहाड, हिमाल क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ २०७५ का लागि अमर तुम्याहाङ (लिम्बू भाषा–साहित्य)लाई, २०७६ का लागि अमृत योञ्जन तामाङलाई, तराई मधेशमा बोलिने मातृभाषाका साहित्यतर्फ २०७५ का लागि अयोध्यानाथ चौधरी (मैथिली भाषा साहित्य)लाई, २०७६ का लागि अशोक थारू (थारू, भाषा–साहित्य)लाई प्रदान गरिने भएको छ । यी पुरस्कारको राशि नगद रु एक-एक लाख छ ।

प्रतिष्ठानले अन्य तीन नयाँ पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । नेपालबाहिर रहेर नेपाली साहित्यमा विशिष्ट योगदान गरेका नेपाली मूलका स्रष्टालाई प्रत्येक दुई वर्षमा दिइने गरी नेपाल प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार, यसैगरी नेपाली भाषाबाट विदेशी भाषामा र अन्य भाषाबाट नेपाली भाषामा अनुवादका माध्यमबाट विशिष्ट योगदान गरेका स्रष्टालाई दिइने गरी नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गर्ने निर्णय गरिएको छ ।

यी पुरस्कारको राशि नगद रु एक-एक लाख रहनेछ । यसरी नै अध्ययन र अनुसन्धानका माध्यमबाट नेपालबाट नेपालको गौरवलाई विश्वमा चिनाउन विशिष्ट योगदान गरेका विदेशी विद्वानलाई तीन-तीन वर्षमा दिइने गरी तीन हजार अमेरिकी डलरको नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापना गरिएको छ ।

बैठकले चालू आवका लागि नीति, योजना तथा कार्यक्रम पारित र विनियोजित रु २३ करोड सात लाख ३३ हजार रकम बजेट पारित गरेको छ ।
 

सम्बन्धित समाचार

आरबिबि मोबाइल बैंकिंग महामेलाका विजेतालार्ई पुरस्कार वितरण 

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आरबिबि मोबाइल बैंकिंगको प्रवद्र्धनको लागि गत भाद्र १८ देखि असोज ३० गते सम्म एफवान सफ्टको सहकार्यमा संचालन भईरहेको आरबिबि मोबाइल बैंकिंग महामेलामा करिब ७३

नोबेल पुरस्कार विजेताले गरिब विद्यार्थीलाई पढाउने

देहरादुन । नोबेल पुरस्कार विजेता भारतीय मुलका अमेरिकी अर्थशास्त्री अभिजीत वनर्जीले गरीब दुई विद्यार्थीलाई पढाउने प्रतिवद्धता जनाएका छन् । वनर्जीले जोगिवालामा गरिब दुई विद्यार्थीलाई विद्यालय शिक्षाका लागि सहयोग गर्ने बताएका

दालले कसरी दिलायो अभिजीत र एस्टरलाई नोबेल पुरस्कार ?

काठमाडौँ । अभिजीत बेनर्जी, एस्टर ड्यूफ़्लो र माइकल क्रेमरलाई ग़रीबी मेटाउनको लागि गरेको प्रयासको करण यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ । योभन्दा पहिला अमर्त्य सेनलाई पनि गरीबी उन्मूलनको

वाल्श र किंग वेस्टइन्डिज टिममा छानिए, सिपिएलमा प्रदर्शनको पुरस्कार  

काठमाडौँ । वेस्टइन्डिजले अफगानिस्तानविरुद्ध हुने टी-२० र एक्दिवैस्य सिरिजका लागि टिमको घोषणा गरेको छ ।  अगामी नोभेम्बरमा भारतको नागपुरमा हुने सिरिजका लागि हालै सम्पन्न क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका हेडेन


z