बिहीबारसम्म मनसुनी गतिविधि बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह

खरीबोट

काठमाडौँ । मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले गएरातिदेखि शुरु भएको वर्षा बिहीबार बिहानसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले आज साँझ एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि सक्रिय मनसुनी प्रणालीका कारण प्रदेश नं १, २, ३, ५ र गण्डकी प्रदेशका केही भूभागका भारी वर्षाको भएको छ ।

आज साँझदेखि बिहीबार बिहानसम्म मनसुन थप सक्रिय भई गण्डकी प्रदेशको धेरै जसो भूभाग तथा प्रदेश नं २, ३ र ५ का भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भूभागमा पहिरो जान सक्ने, नारायणी लगायतयका नदीहरुमा बहाव उच्च हुने र तराईमा बहने केही साना नदीहरुमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेका सचेत रहन अनुरोध गरेको छ । 

आज राति देशको मध्य र पश्चिम पूर्वी भूभागका धैरैजसो स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्न सक्ने साथै सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन आग्रह गरिएको छ । 

भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका करण देशभर बुधबार रातिसम्म मनसुनी गतिविधि बढिरहने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । 

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले आज र बुधबार कोशी, बागमती, नारायणी, पूर्वी राप्ती रिउखोला, आरुण, तिनाउ, बाणगङ्गा मनहरि लोथरखोला, लालबकैयालगायत मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङ, भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने, केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यमा २५.५ मिलिमिर वर्षा भएको छ । त्यस्तै पोखरामा ७९.५ मिलिमिटर, धरानमा ८३.४ मिलिमिटर, जनपुरमा ९.८ मिलिमिटर, सिमरामा १०.७ मिलिमिटर, दिपालयमा २४.२ मिलिमिटर, दाङमा ०.२ मिलिमिटर, धनगढीमा १९.६ मिलिमिटर र जोमसोममा ११.० मिलिमिटर वर्षाको छ ।
 

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभावले मौसममा बदली, हल्का वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा सामान्यदेखि पूर्णबदली आएकाले देशका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर सामान्य बदली रही मध्य र पूर्वका

मौसम शुरुसँगै बन्दीपुरमा पर्यटकको चहलपहल

दमौली । मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ । चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको हो । असोजदेखि मङ्सिरसम्म बन्दीपुरमा विदेशी

मनसुन लम्बिने, अझै वर्षाको सम्भावना

काठमाडौँ । नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान

मौसम खराब हुदा नेपालगञ्ज उडेको विमान धनगढीमा अवतरण

काठमाडौँ । काठमाडौँबाट नेपालगञ्ज आउँदै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ । काठमाडौँबाट ६४ जना यात्रु लिएर बुधबार साँझ ६ बजेर १५


z