• २०८१ बैशाख १२ बुधबार

स्टेगेनले पेनाल्टी बचाउदै बार्सिलोनालाई हारबाट बचाए

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत समुह एफको खेलमा बार्सिलोना र डोर्टमण्ड गोल रहित बराबरी खेलेका छन् ।

बार्सिलोनाका गोल किपर टेर स्टेगेनले पेनाल्टी बचाउ गर्दै बार्सिलोनालाई हारबाट बचाएका छन् । गएराती सम्पन्न खेलमा स्टेगेनले खेलको ५७औ मिनेटमा डोर्टमण्डका मार्को रेअसको पेनाल्टी बचाएका थिए ।

यो सँगै स्टेगेनले अहिलेसम्म च्याम्पियन्स लिगमा फेस गरेका ६ मध्ये ४ पेनाल्टी बचाएका छन् ।

काल्फ़ इन्जुरीबाट खेलमा फर्किएका लियोनेल मेसी दोस्रो हाफमा मैदानमा प्रवेश गरे पनि उनले बार्सिलोनालाई जितका लागि प्रेरित गर्न भने सकेनन् ।

मेसी खेलको ५९औ मिनेटमा युवा खेलाडी अंशुमन फातिलाई रिप्लेस गर्दै मैदानमा प्रवेश गरेका थिए । फातिले यस खेलमा खेल्दै बार्सिलोनाबाट च्याम्पियन्स लिग खेल्ने अहिलेसम्म कै युवा खेलाडी बनेका छन् । मेसीको यो सिजनमा पहिलो पटक मैदानमा उत्रिएपनि बार्सिलोनाले जित हासिल भने गर्न सकेन ।

बार्सिलोनाका लागि चिन्ताको विषय एन्टोनी ग्रीजम्यानको फर्म रहेको छ । मेसी भर्खरै इन्जुरीबाट निकिस्दै गरेको तथा स्वरेज पनि भर्खरै इन्जुरी ठिक भएर आएको अवस्थामा ग्रीजम्यानको महत्वपूर्ण भूमिका रहेको भएपनि उनले आफ्नो प्रभाव देखाएर खेल जिताउन असफल भएका छन् । यस खेलमा उनी प्राय: प्रभावहिन देखिए । उनले केवल एक अवसर मात्र बनाउन सके जो असफल भयो ।

यसै गरि समुह एफ कै अर्को खेलमा इन्टर मिलान र स्लाभिया प्राहको कहल १-१ गोलको बराबरीमा सकिएको छ । दुवैले १-१ अंक हासिल गरेपछि यस समुहका चारै टिमले १-१ अंक हासिल गरेका छन् । तुलनात्मक रुपमा यस समुहलाई यस सिजनको कठिन समुह मानिएकोमा पहिलो खेलमै चारै टिमले १-१ अंक हासिल गर्दै यसको संकेत समेत दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै