डिफेन्डिङ च्याम्पियन लिभरपुल नापोलीसँग पराजित 

खरीबोट

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत समुह इ अन्तर्गत समुह चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल इटालियन क्लब नापोलीसँग पराजित भएको छ । 

गएराती सम्पन्न खेलमा नापोलीले लिभरपुललाई २-० गोल अन्तरले पराजित गरेको हो । 

नापोलीको जितमा ड्राइज मेरटेन्स र फेर्नान्डो लिओरेन्टेले एक एक गोल गरेका थिए । अत्यन्तै प्रतिपर्धात्मक खेलमा नापोलीले दुवै गोल अन्तिम १० मिनेटमा गरेको थियो । मेरटेन्सले खेलको ८२औ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए भने लिओरेन्टेले अतिरिक्त समयमा गोल गर्दै नापोलीको अग्रता दोब्बर पारेका थिए । 

नापोलीले गत सिजनमा समेत समुह चरणको खेलमा लिभरपुलमाथि १-० को जित हासिल गरेकोमा इतिहास दोहोरिदै यस सिजनमा समेत लिभरपुललाई पराजित गरेको छ । नापोलीका कोच कार्लो एन्सेलोट्टीले लिभरपुलका कोच जेर्गन क्लोपलाई व्यंग गर्दै आज हारेपछि तिमीले नै च्याम्पियन्स लिग जिच्छौ भन्दै खेलपछि जिस्काएका थिए । 

यसै समुहमा रहेको स्लजबर्गले जेन्कलाई ६-२ फराकिलो गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको जित, स्टरलिङको ह्याट्रिक

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले लगातार तेस्रो जित हासिल गरेको छ । समुह सी अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले एटलान्टालाई ५-१ गोल अन्तरले पराजित गरेको छ । सिटीको

क्रुजको निर्णायक गोलमा रियल म्याड्रिडको जित 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस क्लब रियल म्याड्रिडले यस सिजनको पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले टर्कीको क्लब गालाटासारेलाई १-० गोल अन्तरले पराजित गरेको छ

च्याम्पियन्स लिगमा पिएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले क्लब ब्रुगेमाथि सहज जित हासिल गरेको छ । समुह ए अन्तर्गत गएराती सम्पन्न खेलमा पिएसजीले क्लब ब्रुगेलाई ५-० गोल अन्तरले पराजित गरेको छ । पिएसजीको जितमा

डिबालाले दुई गोल गर्दै युभेन्टसलाई जिताए

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत इटालियन क्लब युभेन्टसले जित हासिल गरेको छ । समुह डि अन्तर्गत युभेन्टसले रसियन क्लब लोकोमोटीभ मस्कोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा अर्जेन्टिनी स्ट्राइकर


z