• २०८१ बैशाख ७ शुक्रबार

चेल्सीमाथि भलेन्सियाको जित, बार्कलीले मिस गरे पेनाल्टी

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत समुह एचको समुह चरणको खेलमा प्रिमियर लिग क्लब चेल्सी स्पेनिस क्लब भलेन्सियासँग पराजित भएको छ ।

भलेन्सियाले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको छ । भलेन्सियाको जितमा रोड्रीगोले खेलको एक मात्र गोल गरेका थिए ।

चेल्सीले खेलको ८७औ मिनेटमा गोल बराबरी गर्ने अवसर पाएको भए पनि सो अवसरलाई सदुपयोग गर्न असफल भएको थियो । ८७औ मिनेटमा चेल्सीका रोज बार्कलीले पेनाल्टी मिस गरेपछि चेल्सी बराबरी गर्ने अवसरबाट चुकेको थियो ।

त्यस्तै भलेन्सियाले पनि ला लिगाको पछिल्लो खेलमा बार्सिलोनासँग ५-२ को लज्जास्पद हार बेहोरेको अवस्थाबाट सम्हालिदै यस खेलमा जित हासिल गरेर महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

यस खेलमा चेल्सीका प्ले मेकर युवा खेलाडी मासन माउन्ट घाइते हुदा खेलको १६औ मिनेटमा बाहिरिएका थिए । आगामी आइतबार प्रिमियर लिग अन्तर्गत लिभरपुलसँग हुने ठुलो खेल अगाडी माउन्टको इन्जुरीले चेल्सीको समस्या बढेको छ ।

यसै समुहको अर्को खेलमा अयाक्सले विजयी सुरुवात गरेको छ । अयाक्सले लिल्लेमाथि ३-० को जित हासिल गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै