राष्ट्रपतिद्वारा कुमारीबाट टीका ग्रहण

खरीबोट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारीबाट टीका ग्रहण गरेकी छन् । गए राति इन्द्रजात्राको समापन (भाद्र शुक्ल चतुर्दशी) को दिन उहाँले कुमारीबाट टीका ग्रहण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले शुरुमा कुमारीबाट टीका प्रसाद ग्रहणगरेपछि गणेश र भैरवबाट समेत टीका ग्रहण गरेको राजगुरुजु (कुमारीका गुरुजु) मञ्जुश्रीराज बज्राचार्यले जानकारी दिए । हरेक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीकाग्रहण गर्ने परम्परा रहेको छ । 

रथयात्रा नगरको विभिन्न ठाउँमा घुमाएर हुनमानढोकास्थित कुमारी घरमा कुमारी पुगेपछि राष्ट्रपति भण्डारीलाई टीका लगाइदिएका थिएकी थिइन् । टीका ग्रहण गरेपछि कुमारीका गुरुजु बज्राचार्यबाट राष्ट्रपति भण्डारीले आगमको प्रसाद ग्रहण गरीन ।  

इन्द्रजात्राको अन्तिम दिन आज कुमारी, गणेश र भैरवसहितको रथयात्रा साँझ साढे ६ बजे हनुमानढोकास्थित कुमारी घर अगाडिबाट निकालिएको थियो । उक्त रथयात्रा प्याफल, नरदेवी, किलागल, भँेडासिंह, इन्द्रचोक हुँदै पुनः हनुमानढोकामा पुगेको थियो । हनुमानढोकामा रथयात्रा पुगेपछि कुमारीलाई पञ्चबुद्ध गुरुजुले शान्ति स्वस्तिक गरेर भित्र लैजान्छन् । 

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने इन्द्रजात्रा पर्व आज भाद्र शुक्ल चतुर्दशीका दिन समापन गरिएको छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गो बुधबार बिहान साढे ५ बजे ढालिनेछ ।

सम्बन्धित समाचार

राष्ट्रपति भण्डारी ग्वाङ्झाउमा

राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्किने क्रममा चीनको ग्वाङ्झाउमा आइपुगएकी छिन् ।  उनलाई ग्वाङ्झाउ अन्तरराष्ट्रिय विमानस्थलमा चीनका लागि नेपाली

ब्राजिलियाली राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चीन आउने

बेइजिङ । ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा जाने भएका छन् । ब्राजिलको राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि उनको यो पहिलो भ्रमण हो । सन्

राष्ट्रपति भण्डारी आज स्वदेश फर्कँदै

जापान । राष्ट्रपति विद्यादेवी भण्डारी  म्यान्मा र जापान भ्रमण सम्पन्न गरी बुधबार हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै स्वदेश फर्कँदै छिन् । जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन उनी

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति कोविन्दबीच भेटवार्ता

जापान । जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा यहाँ भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो उनीहरुको


z