• २०८१ बैशाख ६ बिहीबार

राष्ट्रपतिद्वारा कुमारीबाट टीका ग्रहण

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारीबाट टीका ग्रहण गरेकी छन् । गए राति इन्द्रजात्राको समापन (भाद्र शुक्ल चतुर्दशी) को दिन उहाँले कुमारीबाट टीका ग्रहण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले शुरुमा कुमारीबाट टीका प्रसाद ग्रहणगरेपछि गणेश र भैरवबाट समेत टीका ग्रहण गरेको राजगुरुजु (कुमारीका गुरुजु) मञ्जुश्रीराज बज्राचार्यले जानकारी दिए । हरेक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीकाग्रहण गर्ने परम्परा रहेको छ । 

रथयात्रा नगरको विभिन्न ठाउँमा घुमाएर हुनमानढोकास्थित कुमारी घरमा कुमारी पुगेपछि राष्ट्रपति भण्डारीलाई टीका लगाइदिएका थिएकी थिइन् । टीका ग्रहण गरेपछि कुमारीका गुरुजु बज्राचार्यबाट राष्ट्रपति भण्डारीले आगमको प्रसाद ग्रहण गरीन ।  

इन्द्रजात्राको अन्तिम दिन आज कुमारी, गणेश र भैरवसहितको रथयात्रा साँझ साढे ६ बजे हनुमानढोकास्थित कुमारी घर अगाडिबाट निकालिएको थियो । उक्त रथयात्रा प्याफल, नरदेवी, किलागल, भँेडासिंह, इन्द्रचोक हुँदै पुनः हनुमानढोकामा पुगेको थियो । हनुमानढोकामा रथयात्रा पुगेपछि कुमारीलाई पञ्चबुद्ध गुरुजुले शान्ति स्वस्तिक गरेर भित्र लैजान्छन् । 

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने इन्द्रजात्रा पर्व आज भाद्र शुक्ल चतुर्दशीका दिन समापन गरिएको छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गो बुधबार बिहान साढे ५ बजे ढालिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै