राष्ट्रिय विज्ञान दिवस मनाइँदै

खरीबोट

काठमाडौँ । ‘विज्ञान, प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण’ को नारासहित बुधबार सातौँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ ।

प्रदेश र स्थानीय तहमा समेत यही भदौ २६ गतेदेखि शुरु भएको दिवसको सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम भइरहेको छ भने असोज १ गते मूल समारोह समितिको कार्यक्रम हुँदैछ । 

सप्ताहअन्तर्गत हाजिरीजवाफ, निबन्ध र कविता प्रतियोगिता, नवप्रवर्तनात्मक कार्यक्रम, संवाद, कला र आविष्कार प्रदर्शनी आदि गतिविधि भइरहेका छन् । 

दिवसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

कार्यक्रममा कक्षा १२ मा विज्ञान विषयमा उत्कृत अङ्क ल्याउने सात प्रदेशका सामुदायिक र निजी विद्यालयका एक–एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गरिनेछ । 

यसैगरी विज्ञान विषयमा कलम चलाउने दुई पत्रकार र नयाँ अनुसन्धान गर्ने संस्थालाई पुरस्कृत गरिने कार्यक्रम छ । सोही दिन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले कुलपति नवप्रवर्तन पुरस्कारको घोषणा गर्ने मन्त्रालयका सचिव डा सञ्जय शर्माले बताए ।

दिवसका अवसरमा विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जभेटरी, विज्ञान शिक्षक समाज, रोबोटिक्स एसोसिएशन लगायतले पनि विभिन्न प्रदर्शनी गर्नेछन् । साताव्यापी कार्यक्रम असोज ५ गतेसम्म चल्नेछ ।

नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने लक्ष्यका साथ २०६९ मङ्सिर ८ गते निर्णय गरी हरेक असोज १ का लागि दिवस मनाउने तय गरेको थियो । 

नेपाल सरकारले राष्ट्रिय विज्ञान नीति पनि जारी गर्ने तयारी पनि गरेको छ । दिवसले विज्ञान र प्रविधिको उपयोगको विस्तारबारे जनचेतना फैलाउने, वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नवप्रतिभालाई प्रोत्साहित गर्ने, विज्ञान प्रविधि अध्ययन अध्यापनमा विद्यार्थी तथा शिक्षकलाई आकर्षित गर्ने र युवा जनशक्तिलाई स्वदेशमा नै रहेर रोजगारीको वातावरण  सिर्जना गरी प्रतिभा पलायनको प्रवृत्तिलाई न्यूनीकरण गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचार

श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजमा पाकिस्तानको कब्जा 

काठमाडौँ । पाकिस्तानले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज २-० ले जितेको छ । गएराती सम्पन्न तेस्रो खेल पाकिस्तानले ५ विकेटले जितेको हो । श्रीलंकाले दिएको २९८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४८.२ ओभरमा ५ विकेट

स्थापना दिवसमा चीनको शक्ति प्रदर्शन : भब्य कार्यक्रमसहित मनाइयो

बेइजिङ । जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष पुगेको अवसरमा मङ्गलबार चीनले देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी भब्यताका साथ मनाएको छ ।  चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालिन नेता माओत्सेतुङको नेतृत्वमा भएको

श्रीलंकाविरुद्ध पाकिस्तानको शानदार जित

काठमाडौं । पाकिस्तानले श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेल ६७ रनले जितेको छ ।  गएराती सम्पन्न खेलमा पाकिस्तानले दिएको ३०६ रनको लक्ष्य पछाएको श्रीलंकाले ४६.५ ओभरमा २३८ रन बनाउदा अलआउट भएपछि पाकिस्तान ६७

श्रीलंकाविरुद्ध बबर आजमको शतक

काठमाडौँ । पाकिस्तानी उपकप्तान बबर आजमले श्रीलंकाविरुद्ध शतक प्रहार गरेका छन् । आजमले श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेलमा शतक प्रहार गरेका हुन् । आजमले ९७ बलमा ६ चौका र ३ छक्का प्रहार


z