• २०८१ बैशाख ७ शुक्रबार

अरुण नदीमा विरामी बोकेको जीप खस्यो, ६ जना बेपत्ता

kharibot

काठमाडौं । संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।

धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १० : ५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिए ।

तामाङका अनुसार गाडी चालक सन्तोष विक चालक सहित ६ जना बेपत्ता भएका हुन् । गाडीमा खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर बिरामी दुई महिनाको बच्चा समिर श्रेष्ठ, उनका बुबा आमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ बेपत्ता भएका छन् । बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटाना भएको हो ।

रातको समयमा दुर्घटना भएकाले बेपत्ताको खोजी कार्य हुनसकेको छ्रैन। अरुण खोलामा बाढीआएका कारण उनीहरुको खोजीमा समेत समस्या भएको छ । गाडी खाँदबारी–१ का राजनारायण लिम्बुको रहेको खुलेको छ ।

संखुवासभा प्रहरीले घटनाबारे जानकारी भएको र त्यसबारे विस्तृत आइनसकेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै