• २०८१ बैशाख ७ शुक्रबार

मुलुक भ्रष्टाचारीहरुको पोल्टामा : सहायक महामन्त्री बर्तौला

kharibot

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले मुलुकमा जसले जे गरेपनी जनता चुप लागेर बस्छन् भन्ने मनोबिज्ञानिकले काम गरिरहेको र सत्तासिनहरु विधि र प्रक्रियालाई चुनौती दिदै भ्रष्टाचारमा लिप्त भएको आरोप लगायका छन् ।

चितवनको भरतपुरमा पार्टी प्रशिक्षणको उद्घाटन गर्दै बर्तौलाले सत्ता र शक्तिको उन्मादबाट मैमत्त भई ब्रम्हलुटको बाटोमा हिडिरहेको शासकहरुको हिसाब जनताले राख्ने दाबी गरे ।

हिजो देखाईएको क्रान्ती र नयाँ नेपालको सपना , बगाईएको रगत र युबाहरुको बलिदान आज ब्रम्हलुटमा गएर टुंगिएको भन्दै उनले अब जनता जागेर बिकल्पको खोजी गर्नुपर्नेमा जोड दिए ।

राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न देशभरीका कार्यकर्ताहरु जनताको माझमा जाने पर्ने बर्तौलाको भनाई थियो । पार्टी , सिद्धान्त र नेतृत्वप्रती रहेको भ्रम र अफबाहहरुलाई चिरेर उच्च मनोबलको साथ अघि बढन कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।

जिल्ला अध्यक्ष दिलिप पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रिय प्रशिक्षक युवराज घिमिरे, मेनुका खाँड केसीले प्रशिक्षण दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै