• २०८१ बैशाख ८ शनिबार

सुपर ओभरमा सेन्ट किट्स विजयी, नाइट राइडर्सको पहिलो हार

kharibot

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत ट्रीनबागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रीयटसबीचको खेलको सुपर ओभरमा निर्णय भएको छ ।

सुपर ओभरमा सेन्ट किट्सले नाइट राइडर्सलाई पराजित गरेको छ । सेन्ट किट्सले दिएको १९ रनको लक्ष्य पछाएको नाइटराइडर्सले सुपर ओभरमा केवल ५ रन मात्र बनाएपछि सेन्ट किट्स विजयी भएको हो ।

यस अघि दुवै टिमले २१६-२१६ रन बनाएका थिए ।

टस हारेर पहिला ब्याटिंग गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट गुमाउदै २१६ रन बनाएको थियो । नाइट राइडर्सका लागि लेंडी सिमोन्सले ४५ बलमा ९० रनको पारी खेलेका थिए ।

त्यस्तै २१७ रनको लक्ष्य पाएको सेन्ट किट्सले २० ओभरमा ४ विकेट गुमाउदै २१६ रन बनाएपछि खेल टाई भएको थियो ।

सेन्ट किट्सका लागि कप्तान कार्लोस ब्रेथवेटले ३० बलमा ६४ रनको आक्रामक पारी खेलेका थिए ।

ब्रेथवेटले सुपर ओभरमा बलिङ गर्दै नाइट राइडर्सलाई एक विकेट लिएर ५ रनमा रोक्दै इत दिलाएका थिए ।

उनी खेलको म्यान अफ द म्याच बनेका थिए ।

यो जितसँगै सेन्ट किट्सले आफ्नो सातौ खेलमा तेस्रो जित हासिल गरेको छ भने नाइट राइडर्सले आफ्नो पाँचौ खेलमा पहिलो हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै