• २०८१ बैशाख ८ शनिबार

एनआइसी एशिया बैंकको पिओएस सेवा सुचारु

kharibot

काठमाडौँ । प्राविधिक कारणले गर्दा यस बैंकका डेविट तथा क्रेडिट कार्डहरु गत भाद्र १८ गते देखि अन्य बैंक तथा वित्तीय संस्थाका एटीएम तथा पिओएस मेशिनहरुमा नचल्ने र यसै बैंकका एटीएम तथा पिओएस मेशिनहरुमा मात्र चल्ने गरेकोमा असोज १ गते अर्थात आजबाट यस बैंकको डेविट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका प्वाइन्ट अफ सेल्स (पिओएस) मा समेत चल्ने व्यवस्था मिलाईएको छ ।

यस विचमा प्रविधिक कारणले आदरणिय ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाको लागि बैंकले क्षमायाचना गरेको छ ।

बैंकलाई आमजन मानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै