चितवनमा बस दुर्घटनामा १२ जना घाइते

खरीबोट

मुग्लिन । चितवनमा सवारी दुर्घटना हुँदा १२ जना  घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख ६६४७ नंको बसले आज बिहान ५:४० बजे  भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक पछाडिबाट ठक्कर दिँदा सोही बसमा सवार १२ यात्रु घाइते भएका हुन् ।

उक्त बसमा २९ यात्रु सवार रहेका थिए । नेपालगञ्जको बसमा सवार यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेको  पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
 

सम्बन्धित समाचार

बस दुर्घटनामा चालकको मृत्यु

दमौली । डुम्रे–बेंशीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–१० नेपालडाँडामा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–६ बस्ने १९ वर्षीय अनिल सार्की रहेका छन् । डुम्रेबाट पाउँदीतर्फ जाँदै

ललितपुरको गोदावरी र ग्वार्कोमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ । ललितपुरमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ चुनिखेलमा बा२ख ५००९ नंको बसले स्थानीयवासी नवीन घिमिरेलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । महानगरीय प्रहरी

दुर्घटनामा प्रहरी जवानको मृत्यु

विराटनगर । सुनसरीको दुहवीमा आज भएको सडक दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत त्रियुगा नगरपालिका–१३ का २८ वर्षीय सुजन रेग्मी रहेको

डोटीमा बस दुर्घटनाः ११ यात्रु घाइते

डोटी । जोरायल गाउँपालिका–२ गरुडमा आज बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख ८२३५ नं


z