पहिराले अरनिको राजमार्ग ठप्प

खरीबोट

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजिकै गएराति पहिराका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो । “त्यो लगायतका अरु ठाउँ–ठाउँमा पहिराका कारण सडक भत्किएको र भासिएको छ”, उनले भने, “धेरै ठाउँमा सडक अवरुद्ध भएका कारण अहिले यातायातका साधन चल्न सकेका छैनन् ।”

गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले दोलाघाट बजार नजिकै पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ खुलाउनका लागि डोजर लगाएर खुलाउने प्रयास भइरहेको बताए । अविरलरूपमा परिरहेको वर्षाका कारण ठाउँ–ठाउँमा धेरै क्षति भइरहेको र त्यस क्रममा अरनिको राजमार्गको ठाउँ–ठाउँमा पहिराले सडक भत्किएकाले खुलाउने प्रयास भइरहेको छ ।

उता रोशी गाउँपालिकाअन्तर्गत बिपी राजगर्माको ल्हासकोटमा वर्षाका कारण हिजो सडकमाथिबाट खसेको लेदोका कारण अवरोध भएको सडक गाउँपालिकाको पहलमा सञ्चालन भएको छ । नमोबुद्ध नगरपालिका–५ ल्हासकोटमा सञ्चालित मनकामना एक्रिकेट क्रसर उद्योगले सडकमाथि भित्तामा थुपारेको डस्ट वर्षाका कारण बगेर सडक पुरिएर अवरुद्ध भएको र त्यसलाई सफा गर्ने काम निरन्तर जारी राखिएको गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले बताए ।

सम्बन्धित समाचार

काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१४ साझा पेट्रोल पम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स्कर्पियो गाडीसँग आज बिहान ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको

न्यून बजेटले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका १४० खानेपानी आयोजना रोकिए

काभ्रेपलाञ्चोक ।  आर्थिक वर्ष २०७५÷०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् । न्यून बजेटले क्रमागत आयोजनाअन्तर्गत २०७३ सालमा शुरु

निर्माणको दुई महीनामै भासियो काभ्रेपलाञ्चोकको रोशी पुल

काभ्रेपलाञ्चोक । निर्माण भएको दुई महीनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन

बोधिचित्त, फलफूलखेती प्रवद्र्धनमा जोड

काभ्रेपलाञ्चोक / तामाङ समुदाय तथा चीनमा सामाजिक सांस्कृतिक एवं धार्मिक महत्व बोकेको बोधिचित्त (बुद्धचित्त) माला उत्पादनलाई तेमाल गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखेको छ । सुनभन्दा महँगो


z