बाँकेका स्थानीय तहले कृषिमा छुट्याए १४ करोड ४४ लाख

खरीबोट

बाँके । बाँकेमा कृषि विकासका लागि चालू आर्थिक वर्षमा रु १४ करोड ४४ लाख बजेट विनियोजित गरिएको छ । 

कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार बाँकेमा ज्ञान केन्द्र र स्थानीय तहमार्फत कृषिका लागि छुट्याइएको बजेट एकमुष्ट रु १४ करोड ४४ लाख रहेको छ । 

बाँकेका आठ स्थानीय तहको कृषि शाखामार्फत रु सात करोड ९९ लाख कृषि कार्यक्रमका लागि सञ्चालन गर्न बजेट छुट्याइएको छ । स्थानीय तहमध्ये कृषिमा सबैभन्दा धेरै बाँकेको कोहलपुर नगरपालिकाले छुट्याएको छ । कोहलपुरले कृषि शाखामार्फत रु एक करोड ५१ लाख बजेट विनियोजन गरेको छ । 

त्यस्तै जानकी गाउँपालिकाले रु एक करोड ३५ लाख, राप्ती सोनारी गाउँपालिकाले रु एक करोड १५ लाख, बैजानाथ गाउँपालिकाले रु एक करोड १० लाख, नरैनापुर गाउँपालिकाले रु ८० लाख ५० हजार, नेपालगञ्ज उपमहानगरपालिकाले रु ७४ लाख, खजुरा गाउँपालिकाले रु ७० लाख र डुडुवा गाउँपालिकाले रु ६४ लाख बजेट कृषिको विकासमा छुट्याएका छन् । 

ज्ञान केन्द्रले स्थानीय तहसँग समन्वय गरी कृषिका कार्यक्रम सञ्चालन गर्ने केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए । 

सम्बन्धित समाचार

बाँकेमा आपराधिक घटना रोक्न प्रहरी सक्रिय

बाँके । गाउँ, बस्ती, शहर, बजार सबैतिर दशैंको रौनक शुरु भइसकेको छ । कोही शहरबाट गाउँ फर्किरहेका छन् त कोही गाउँबाट शहरतिर झर्दैछन् । आफन्तहरु एकापसमा भेला हुन शुरु भइसकेको

बाँकेमा यात्रु सहायताकक्ष सञ्चालन गर्दै ट्राफिक प्रहरी

बाँके । महान् चाड बडादशैँ, तिहार तथा छठलगायतलाई लक्षित गरेर जिल्लो ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन विशेष योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीका अनुसार दशैँलाई लक्षित गरेर बाँकेका छ स्थानमा

गाई काटेको आरोपमा बाँकेमा तीन जना पक्राउ

बाँके । गाई काटेको अभियोगमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा–७ बढुवाको खेतमा बुधबार राति गाई काटेका तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो

खुला पेट्रोल बिक्रीले बाँकेका गाउँ नै असुरक्षित

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन । तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ । घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोवार र


z