काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार कै मुल्य कायम रहेर बुधबार सुनको कारोबार भैरहेको छ ।
सोमबार सुनको मुल्य ११ सयले वृद्धि भएर प्रति तोला ७१ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै चाँदीको मूल्यमा भने प्रति तोला ५ रुपैया बढेर प्रतितोला ८७० रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ ।