• २०८१ बैशाख १३ बिहीबार

‘छिछोरे’ को बक्सअफिसमा शानदार कमाई, १२ दिनमा सय करोड क्लबमा 

kharibot

काठमाडौँ । अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘छिछोरे’ ले बक्सअफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले प्रदर्शनको १२औ दिनमा सय करोड कमाई गरेको छ ।

दर्शक र समीक्षकबाट मिलेको प्रशंसाको फाइदा उठाउदै छिछोरेले ५ दिनमा ५४ करोड १३ लाख कमाई गरेको थियो । 

फिल्मले १२ दिनसम्म १०२ करोड १९ लाख कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

फिल्मले ५ दिनमा ५० र ९ दिनमा ७५ करोड कमाई गरेको थियो ।

फिल्मले पहिलो साता ६८ करोड ८३ लाख र दोस्रो साता ३३ करोड ६३ लाख कमाई गरेको छ । 

‘दंगल’ फेम निर्देशक नितेश तिवारी निर्देशित ‘छिछोरे’ मा श्रद्धा कपूर, सुशान्त सिंह राजपूत र वरुण ग्रोवर स्टार रहेका छन् । यस फिल्ममा कलेजका साथीहरुको कथा देखाइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै