• २०८१ बैशाख ४ मंगलबार

रिभेन्ज पोर्नबाट अनपेक्षित नाफा कमाउँदै पोर्नहब 

kharibot

अमेरिका । विश्वकै ठूलो पोर्न वेबसाइट पोर्नहबका मालिकले रिभेन्ज पोर्नको माध्यमले ठूलो मात्रामा नाफा कमाइरहेका छन् । यस्ता भिडियो हटाउन गुनासो आए पनि उनले हटाउन नमानेको बीबीसीले उल्लेख गरेको छ । 

रिभेन्ज पोर्नको अर्थ कुनै पनि व्यक्तिको सहमतिविना उनको निजी अन्तरंग तस्वीर तथा भिडियो अनलाइन अथवा अन्य कुनै तरिकाबाट फैलाउनु हो । यसको उद्देश्य प्रायः व्यक्तिलाई दुःख दिनु र लज्जित बनाउनु हुन्छ । 

यस्तो कार्यमा प्रायः महिलाका पूर्वसाथी सक्रिय रहेको अनुमान छ । तर, कतिपय अवस्थामा पीडित व्यक्तिको डिजिटल अर्काइभ अथवा आइक्लाउडबाट पनि यस्ता तस्वीर तथा भिडियो चोरेको समाचार पनि छ । 

एक महिला सोफीले उनको यस्तै भिडियो पोर्नहब वेबसाइटमा राखिएको बताइन् । उनले जब उनको भिडियो लाखौं व्यक्तिले हेरेको पत्ता लगाइन्, तब उनलाई ठूलो धक्का लाग्यो । 

एक क्याम्पेन समूह नटयोरपोर्नका अनुसार यस्ता सामग्रीबाट पोर्नहबका मालिक माइन्डगिकले प्रशस्त विज्ञापन प्राप्त गर्नुका साथै उनले निकै नाफा पनि कमाए । 
यद्यपि, पोर्नहबले भने रिभेन्ज पोर्नको कडा निन्दा गरेको छ । वेबसाइटले आफ्नो एन्टी रिभेन्ज पोर्नको नीति पूरै इन्डस्ट्रीमा सबैभन्दा कडा रहेको बताएको छ । 
उसले सोफीले वेबसाइटलाई आफ्नो भिडियो हटाउन भनी कुनै पनि मेल नपठाएको दाबी गरेको छ । हाल सोफी वेबसाइटको सम्पर्कमा आइसकेको र यस विषयलाई दुवैले मिलेर सुल्झाउने प्रयासमा लागेको पोर्नहबको भनाइ छ । 

सोफी (परिवर्तित नाम) ले १८ महिनाअघि एक दिन उनी आफ्ना परिवारसँग कतै बाहिर गएको बेला मिस्ड कल र मेसेज हेर्न आफ्नो फोन चेक गर्दै थिइन् । उनकी बहिनीका पार्टनरले पोर्नहबमा उनको केही भिडियो भेटे । त्यसमध्ये केही भिडियो त टप १० मा पुगेको र लाखौंले हेरिसकेको पत्ता लगाए । सोफीले बीबीसीलाई भनिन्, ‘म धेरै चिन्तित र लज्जित भए ।’

सोफीले आफ्ना पूर्वप्रेमीसँग ६ भिडियो बनाएकी थिइन् । तर, दुवै केही वर्षअघि छुट्टिसकेका थिए । सोफीले उक्त भिडियो कसैलाई पनि अनलाइनमा हाल्न अनुमति दिएकी थिइनन् । उनले आफ्नो भिडियो पोर्नहबमा रहेको थाहा पाएपछि पोर्नहबसँग गुनासो गरिन् र त्यसपछि भने पोर्नहबले उनको भिडियो हटायो । तर, तबसम्म कतिपयले उननको भिडियो डाउनलोड गरिसकेका थिए र त्यसको १०० भिडियो क्लिप बनाएर फेरि वेबसाइटमा अपलोड गरेका थिए । 

तर, यसबारे वेबसाइटलाई गुनासो गर्दा भने सहयोग नपाएको सोफीको गुनासो छ । 

सोफीलाई पोर्नहब भिडियो हटाउन रिक्वेस्ट गर्ने अर्को कम्पनीमा सम्पर्क गर्न सुझाइयो । तर, त्यहाँबाट पनि कुनै उत्तर नपाएको सोफी बताउँछिन् । 
उनले त्यसपछि भने प्रहरीमा गएर गुनासो गरिन् । 

नटयोरपोर्न क्याम्पेनका अनुसार पोर्नहबमा रिभेन्ज पोर्नलाई अनुभवहीन मानिसले घरमा बनाएको सामग्रीको रुपमा प्रस्तुत गरिन्छ । यस्ता भिडियो निकै लोकप्रिय हुनुका साथै यस्ता भिडियोले विज्ञापन पनि बढी पाउँछन् । 

वेबसाइटले भिडियो रिभेन्ज पोर्न भएको थाहा पाउनेबित्तिकै त्यसलाई हटाउनुपर्ने सोफीको भनाइ छ । त्यसो भए भिडियोलाई फेरि डाउनलोड गरेर पुनः अपलोड गर्न सकिँदैन र कसैको जीवन जोगिने सोफीले बताइन् । 

भिडियो अनलाइनमा भाइरल बन्दासम्म सोफीले अर्को एक सम्बन्ध गाँसिसकेकी थिइन् । यस घटनाले उनको सम्बन्धमा नराम्रो असर पुर्यायो । उनी र उनका प्रेमीबीच तनाव उत्पन्न भयो । 

सोफीले उनको भिडियो पोर्नहबमा हालिएकाले उनका प्रेमीका साथीले प्रेमीको खिल्ली उडाउने गरेको बताइन् । 

सोफीकी एक छोरी पनि छिन् । उक्त भिडियोबारे थाहा पाएपछि छोरीको व्यवहारमा पनि निकै परिवर्तन आएको उनले बताइन् । 

पोर्न हबका उपाध्यक्ष कोरी प्राइसले भने, ‘जुन सामग्रीले हाम्रो कम्पनीको नीति उल्लंघन गरेको छ, त्यसबारे थाहा पाउने बित्तिकै हामीले त्यस्ता सामग्रीलाई तत्काल हटाउने गरेका छौं, कसैको अनुमतिविना अपलोड गरिएका भिडियोलाई पोर्नहबमा स्थान छैन ।’ 

प्राइसले भने, ‘सन् २०१५ मा वेबसाइटका फ्यानहरुको सुरक्षालाई ध्यानमा राख्दै रिभेन्ज पोर्न विरुद्ध कडा नीति निर्माण गरियो । रिभेन्ज पोर्न एक यौन उत्पीडनको रुप रहेको हामी मान्दछौं ।’ मानिसहरुले एक साधारण फर्म भरेर पनि विना सहमति अपलोड गरिएका भिडियो हटाउन सकिने उनले जानकारी दिए । 

उनले थपे, ‘अब हामी एक अत्याधुनिक थर्ड पार्टी डिजिटल फ्रिंगरप्रिन्टिङ सफ्टवेयरको पनि प्रयोग गर्दै छौं, यो सफ्टवेयरले नयाँ भिडियोलाई स्क्यान गरेर कुनै अनधिकृत सामग्र्रीसँग मिल्छ कि मिल्दैन भनी परीक्षण गर्नेछ ।’ यसबाट वास्तविक भिडियो डाउनलोड गरेर फेरि वेबसाइटमा हालिएको छ कि छैन भनेर पत्ता लगाउन सकिने प्राइसले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै