धर्म, समाज र विश्वकर्मा

खरीबोट

लेखक : सुवाश जमरकट्टेल

काठमाडौं । हिन्दु धर्मशास्त्र अनुसार वास्तुशिल्पका जन्मदाता वासुदेवका पुत्र विश्वकर्माको जन्म सुर्य कन्या राशिमा प्रवेश गरेको पहिलो दिन अर्थात असोज १ गते भएको मानिन्छ । विश्वकर्माको जन्म दिनलाई नै आज विश्वकर्मा पुजाको रुपमा मनाइन्छ । विष्णु भगवानको नाभिबाट कमल उत्पन्न भयो । त्यही कमलबाट चतुर्मुख ब्रम्हा उत्पति भए । ब्रम्हाका पुत्र धर्म र धर्मका सातौं पुत्रका रुपमा वास्तु जन्मिए । वास्तु नै शिल्पशास्त्रका जन्मदाता हुन भनिन्छ । उनै वास्तुदेवकी अंगिरसी नाम गरेकी पत्नीबाट विश्वकर्मा जन्मिएका थिए ।

शिल्पशास्त्रका प्रवर्तक वास्तुदेवको कला, कौंशल र शिल्पलाई अहिले पनि शिल्पशास्त्र वा वास्तुशास्त्रका रुपमा अध्ययन, अध्यापन र अनुसरण गरिन्छ । आफ्ना पिता जस्तै विश्वकर्मा पनि उतकृष्ट वास्तुविद्ध थिए । उनै वास्तु र विश्वकर्माको ज्ञान विद्या नै आजको आधुनिक इन्जिनियरिङ विद्या हो ।

समाज गतिशिल र परिवर्तनशिल हुन्छ । समय, परिस्थिति र शासक प्रशासकहरुको शासन व्यवस्था अनुसार समाजका मुल्य, मान्यता र धारणाहरु परिवर्तन हुन्छन् । यहि नियमलाई हेर्दा शास्त्रमा उल्लेख भए अनुसार सत्य युगको स्वर्गलोक, त्रेता युगको लंका, द्वापर युगको द्वारिका र कलि युगको हस्तिनापुर लगायतका लोकहरुको निर्माण कर्ता, दैविक युगका महान इन्जिनियर विश्वकर्मा जस्ता  कठोर परिश्रम गर्ने परिश्रमीहरु समय, काल खण्डसँगै जात विशेषमा विभाजन भई क्रमैंसँग दलित र अछुत भनेर अपमानित हुन थाले, जसको मतलब श्रमको अपमान र घृना हुन पुगेको थियो । पुनः छुवाछुत हट्दै जानु र श्रमजिवि श्रमिकहरुको हक अधिकारहरु स्थापित हुनुले पनि समाज परिवर्तनशिल छ भन्ने पुष्टि गर्दछ ।

महाभारत प्रवेश गर्ने आर्यहरु कुन जातिका थिए भन्ने विषयमा विद्वानहरुको मत भिन्नता देखिन्छ । डा. रमाशंकर त्रिपाठीका अनुसार भारत प्रवेश गर्ने आर्यहरु इन्डोयुरोपियन जाति कै एक शाखा थिए, जसको आदिम भुमि कालो सागरको उत्तरी भुमि मध्ये रसिया र पश्चिम जर्मनी आदि क्षेत्रहरु थिए भन्ने भनाई छ ।

नेपालको जातीय पृष्ठभुमि हेर्दा महाभारत ( हिन्दुस्थान) बाट आएका आर्यहरुले नै नेपाली समाजमा जातीय विभेद र छुवाछुतको विरुवा रोपेको पाईन्छ । महाभारत प्रवेश गर्ने आर्यहरु कुन जातिका थिए भन्ने विषयमा विद्वानहरुको मत भिन्नता देखिन्छ । डा. रमाशंकर त्रिपाठीका अनुसार भारत प्रवेश गर्ने आर्यहरु इन्डोयुरोपियन जाति कै एक शाखा थिए, जसको आदिम भुमि कालो सागरको उत्तरी भुमि मध्ये रसिया र पश्चिम जर्मनी आदि क्षेत्रहरु थिए भन्ने भनाई छ ।

धार्मिक दृष्टिकोणबाट हेर्दा वर्णक्रम धर्मभित्र चार वर्ण ( ब्राम्हाण, क्षेत्री, वैश्य र शुद्र ) जातिहरु छुटै र फरक जाति नभएर एउटै जातिका हाँगा भएको छनक पाइन्छ । ऋगवेदको पुरुष सुक्तमा उल्लेखित वर्णाश्रम व्यवस्थालाई बंग्याएर फुटाउ र मोज गर मुल मन्त्रका साथ मनुस्मृतिले गरेको व्याख्या पश्चात फैलिएको जातीय व्यवस्था लिच्छविकाल (इ.सं ६४५) को सुरुवात देखि नै नेपालमा भित्रिएको तथ्य राजा नरेन्द्रदेवको ‘अनन्त लिङ्गेश्वर’ अभिलेखले पुष्टी गर्दछ । यो प्रथा मल्लकालमा आएर वा जयस्थिति मल्लको पालामा आएर झन परिस्कृत बन्यो । लिच्छविकालमा ४ वर्ण १८ जात भएतापनि मल्ल राजाले ४ वर्ण ३६ जातमा विभाजन गरे । साथै माथिल्लो जात र तल्लो जात भनि विभेद सृजना गरे, नागरिकहरुलाई विभिन्न हक अधिकार प्राप्त गर्नबाट बन्चित गरियो ।

त्यस पछि १९१० सालमा आएर सुरेन्द्रविक्रम शाहको पालामा जङ्गबहादुर राणाको सक्रियता मा आएको नयाँ मुलुकी ऐनले बर्षौं देखि जरा गाडेको जातिय विभेदलाई झन मौलाउने र फैलिने मौका दियो । त्यसरी मौलाएको जातिय विभेद छुवाछुत र पानी बाराबारको स्थिति नेपालमा हाल सम्म पनि यदाकदा छिटपुट  रुपमा रहि आएको भएता पनि संघिय नेपालको संविधान २०७२ ले जातीय विभेद र छुवाछुतको पूर्णरुपमा अन्त्य गरी सकेको छ ।

विश्वकर्मा पुजाको दिन शिल्पकार, कलाकार,  उद्योगी, व्यापारी, श्रमिक र कृषकहरले आफ्ना कलकारखाना तथा हरेक किसिमका हातहतियार र उपकरणहरुको पुजा, आरधाना गर्ने गर्दछन् । विश्वकर्मा पुजाको दिन मेसिन, औजार तथा विश्वकर्माबाबाको मुर्ति, फोटोको पुजा गरी चन्दन, धुप, नैवेध, फुल अक्षता चढाउने प्रचलन छ ।

वास्तुशिल्पशास्त्र दिशा ( पुर्व, पश्चिम, उत्तर, दक्षिण, आग्नेय, नैऋत्य, वायव्य, इशान, आकाश, पातल ) र तत्वको तालमेलको सिद्धन्तमा निहित रहेको छ । वास्तु विद्याले घर, भवन निर्माण, बसोवास, प्राकृतिक उर्जासँग मानव जीवनको तालमेल र आपसि सम्बन्धको बारेमा ज्ञान दिन्छ । हिन्दु धर्मशास्त्र अनुसार विश्वकर्मालाई संसार कै पहिलो इन्जिनियर मानिएको छ । त्यसैले विश्वकर्मा पुजाको दिन शिल्पकार, कलाकार,  उद्योगी, व्यापारी, श्रमिक र कृषकहरले आफ्ना कलकारखाना तथा हरेक किसिमका हातहतियार र उपकरणहरुको पुजा, आरधाना गर्ने गर्दछन् । विश्वकर्मा पुजाको दिन मेसिन, औजार तथा विश्वकर्माबाबाको मुर्ति, फोटोको पुजा गरी चन्दन, धुप, नैवेध, फुल अक्षता चढाउने प्रचलन छ ।

कलकारखाना र औजारहरुमा जट्टा सहितको काँचो नरिवल फुटाई जल अर्पण गराउने प्रचलन पनि छ । यसो गर्दा आफ्नो व्यापार व्यवसाय फस्टाउने, कला कौशल बढ्ने र बर्ष भरि कुनै पनि अनिष्ट नहुने जनविश्वास रहि आएको छ । ढुङ्गेयुगबाट विकसित हुदैं आएको मानव समुदायले प्रयोग गर्ने खुँडा, तरवार, कुटो, कोदालो, हलो, ढिकी, जाँतो, कैची, गरगहना लगायत अहिलेका आधुनिक मेसिन, उपकरणहरु, हातहतियार र विमानहरको जन्मदाता उनै विश्वकर्मा हुन भन्न सकिन्छ । 

यसरी हेर्दा सुन्दर सृजना गर्ने शिल्पकार, कुनै पनि बस्तुमा कला भरेर जिवन्त बनाउने कलाकार, कठोर श्रम गर्ने श्रमिकहरु नै विश्वकर्मा हुन । नेपाली समाजले सृजना गरेको कुनै जात विशेष वा अपहेलित दलित विश्वकर्मा हैनन् । वास्तुदेव र उनका छोरा विश्वकर्माको ज्ञान र सिपलाई अनुसरण गर्ने, आफ्नो पौरख र परिश्रममा विश्वास गर्ने, श्रम र सृजनामा रमाउने कर्मशिल हातहरु नै विश्वकर्मा हुन् ।

-नेचासल्यान ४ सोलुखुम्बु
 

सम्बन्धित समाचार

आज विश्वकर्मा तथा वास्तु दिवस, यस्तो छ धार्मिक विश्वास 

काठमाडौँ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् ।

आज विश्वकर्मा पूजा तथा वास्तु दिवस, यस्तो छ शास्त्रीय मान्यता 

काठमाडौँ। कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।  द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास

आज विश्वकर्मा पूजा र वास्तु दिवस

काठमाडौँ । आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।  द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै


z