काठमाडौं । बाँके घटनामा अवरुद्ध प्रतिनिधि सभाको बैठकको अवरोध हटेको छ । सरकारले बाँके घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि अवरोध हटेको हो ।
प्रतिनिधि सभाको आजको बैठक आजपनि शुरुमा अवरुद्ध गरेका थिए ।
बैठक शुरु हुनासाथ काँग्रेसका सांसदहरुले आफ्नो ठाउबाट उठेर अवरोध गरेका थिए ।
सभामुख कृष्ण बहादुर महराले काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले सरकारले बाँके घटनामा संलग्नलाई संरक्षण गरिरहेको आरोप लगाउदै कारवाही सुनिस्चित नभएसम्म आफुहरुको विरोध कायम रहने जानकारी गराएका थिए ।
त्यसपछि कानुनमन्त्री भानुभक्त ढकालले बाँके घटनाबारे बोल्दै सरकार बाँके घटनामा संलग्नलाई कारवाही गर्न तयार रहेको बताएका थिए । मन्त्री ढकालले किटानी जाहेरी दर्ता भइसकेको अवस्थामा कानुनी प्रक्रिया अनुसार कारवाही हुने प्रतिबद्धता बनाएका थिए ।
मन्त्री ढकालको प्रतिबद्धतापछि काँग्रेस सांसदहरुले कुनै विरोध गरेनन् र अहिले संसदको कारवाही अगाडी बढेको छ ।
यस अघि बसेको काँग्रेस संसदीय दलको बैठकले आफूले दिएको जाहेरीअनुसार कारबाही गर्ने प्रतिवद्धता सरकारबाट आउनुपर्ने निर्णय गरेको थियो ।