• २०८१ बैशाख ५ बुधबार

नेपाली डाक्टरद्वारा नर्भिकमा तौल कम गर्ने जटिल शल्यक्रिया 

kharibot

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा नेपाली शल्यचिकित्सकहरुको टोलीद्वारा अस्वाभाविक वा ज्यादा मोटोपन कमगर्ने जटिल शल्यक्रिया सेवाको सुरुवात गरिएको छ । 

जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकरुको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप र अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगले पीडित ६५ बर्षिय महिलामा उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

इमाडोल निवासी ६५ बर्षिय श्रीमती अञ्जु बुढाथोकी विगत लामो समयदेखि मोटोपनको समस्याबाट पीडित थिइन् । डिह्डुल गर्न गाह्रो, रक्तचाप बढेर १६०-९० भन्दा तल नझर्ने समस्या, अलिकति हिड्दा पनि स्वाँ स्वाँ हुने समस्या त छँदै थियो, त्यसमाथि राति निन्द्रा नपर्ने समस्याले बढी नै सताएको थियो । साथै राति तारान्तार पिसाव फेर्न गइरहनुपर्ने अर्को विकराल समस्या पनि थियो उनलाई । विभिन्न हस्पिटलहरुमा जचाउँईन,  तर समस्या ज्यूँका त्यूँ ।

केहि समयपूर्व उनी नर्भिकको जनरल, जि.आई. एण्ड ल्यापारोस्कोपिक सर्जरी विभागमा परामर्शका लागि आएकी थिइन् ।  अब्स्ट्रक्टिभ स्लिप अप्निया (राती घुर्ने र निन्द्रा नपर्ने) समस्याका लागि नर्भिकका बरिष्ठ श्वास–प्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानीसँगको परामर्शपश्च्यात जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यचिकित्सकरुको टोलीसंगको परामर्शमा रहेकी थिइन् । शरुमा निर्णय लिन निकै गाहे परेपटि शल्यचिकित्सकहरुको टिमको लगातार परामर्श र सहयोगका कारण यो शल्यक्रिया गर्ने निर्णयमा पुगेको उनले बताइन् । 

बेरियाट्रिक शल्यक्रिया (जसलाई तौल कमगर्ने शल्यक्रिया वा मेटावोलिक (चयापचय) शल्यक्रिया पनि भनिन्छ) विशेषतः ज्यादा मोटोपन भएका (जसको बि.एम.आई. ४०÷के.जी. वा ३५ के.जी. भन्दा बढी भई मोटोपनका कारण सिर्जित मधुमेह, उच्च रक्तचाप, अब्स्ट्रक्टिभ स्लिप अप्निया लगायत डिसलिपिडिमिया जस्ता मुटुजन्य रोग र निःसन्तान वा बाँझोपन जस्ता समस्याको उपचार गर्ने   गरिन्छ । यसखाले शल्यक्रियाका फाइदाहरुमा केवल शारिरीक तौल कम गर्ने मात्र नभएर माथि उल्लेख गरिएका चिकित्सकीय समस्याहरुको न्यूनीकरण वा निराकरण गर्नु समेत हुन्छ । 

नर्भिकको जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागले ल्यापारोस्कोपिक कोलो–रेक्टल शल्यक्रिया, ल्यापारेस्कोपिक हर्निया शल्यक्रिया, ल्यापारोस्कोपिक इन्टेस्टाइनल शल्यक्रिया (पित्त थैली, एपेण्डिक्स, र सानो आन्द्राका विविध शल्यक्रियाहरु), पेट÷आमाशय, प्याङ्क्रियाजका शल्यक्रियाहरु, तथा ल्यापारोस्कोपिक लिभर (कलेजो) शल्यक्रियाहरु सफलताका साथ नियमित रुपमा गर्दै आएको छ । 

यसखाले तमाम शल्यक्रियात्मक उपचार विश्वसनीयरुपमा स्वदेशमै र सर्वसुभल रुपमा उपलब्ध हुनथाले पश्चात् स्तरीय शल्यक्रियाकालागि अथाह धनराशी खर्चेर विदेश धाउनुपर्ने वाध्यता अब नरहेको शल्यक्रिया टोलीका सदस्य डा. प्रकाश चौधरीले बताए ।
हिड्डुल गर्न नसक्नु, श्वास–प्रश्वासमा समस्या हुनु, निन्द्रा नपर्नु, रक्तचाप बढ्नु र राति तारन्तार पिसाव फेर्न गइरहनु आदि सवै समस्याहरु उहाँको अश्वाभाविक मोटोपनबाटै सिर्जित भएका थिए । 

त्यसर्थ, उक्त मोटोपन कम नगरिएसम्म उनमा प्रभावकारी उपचार गर्ने-गराउने सम्भावना थिएन नै । त्यसैले पारिवारिक सर–सल्लाह पश्चात् उपर्युक्त शल्यक्रिया गराउन श्रीमती अञ्जु तयार भइन । साथै उनको पित्तथैलीमा स–साना धेरै पत्थरीहरु (मल्टिपल कोलिलिथियासिस) पनि थिए । उक्त समस्याको समेत उपचार गराउनुपर्ने आवश्यकता उनमा थियो ।

सोही अनुरुप गत भदौ २५ गते बुधवार श्रीमती अञ्जु नर्भिकमा भर्ना भएकी थिइन् । भदौ २६ गते विहिवार उहाँको दुवै खाले सफलतम शल्यक्रिया गरियो । शल्यक्रियापूर्व हस्पिटलमा भर्ना हुँदा उहाँको तौल ९० के.जी. थियो हाल उनको तौल ८५ के.जी.मा झरिसकेको र वि.एम. आई. पनि केवल ४१ मात्रै रहेको छ । 

के हो त ल्यापारोस्कोपिक स्लिभ ग्याष्ट्रेक्टोमी शल्यक्रिया ? 

स्लिभ ग्यास्ट्रेक्टोमी एउटा शल्यक्रियात्मक प्रक्रिया हो, जसले आमाशयमा खाना अट्ने क्षमता कम गर्दछ । यस प्रक्रियामा आमाशयको करिव ७५ प्रतिशत भाग हटाइन्छ र आमाशयलाई नली आकारमा परिवर्तन गरिन्छ, ता कि त्यहाँ कम मात्रै खाना अट्न सकोस् ।

उनको सफलतम् शल्यक्रियात्मक उपचार नर्भिकका बरिष्ठ जनरल, जी.आई.एण्ड ल्यापारोस्कोपिक सर्जन प्रा.डा. मुकुन्दराज जोशीको टोलीले गरेको थियो ।

उक्त टोलीमा प्रा.डा. जोशीका अलावा डा. सञ्जय पौड्याल, डा. टंक प्रसाद बोहरा, डा. प्रकाश चौधरी र एनेस्थेसियोलोजिष्ट डा. सुरेश लामिछाने संलग्न थिए । शल्यक्रिया पश्चात् उहाँलाई एक दिन आई.सी.यु.मा राखी तत्पश्चात् वार्डमा सारिएको थियो । यसपूर्व नर्भिकमा त्यसखाले शल्यक्रिया नभएका भने होइनन् तर विदेशी विशेषज्ञहरुको प्रत्यक्ष संलग्नतामा मात्रै । नर्भिकमा नेपाली चिकित्सकहरुको टोलीद्वारा मात्रै गरिएको यस खाले सफलतम् शल्यक्रिया भने यो पहिलो थियो । 

श्रीमती बुढाथोकी हिजो साँझ डिस्चार्ज भइसकेकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै