• २०८१ बैशाख ६ बिहीबार

नेपाल एयरलाइन्सले जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

kharibot

काठमाडौ । जेष्ठ नागरिकको सम्मान स्वरुप नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

निगमको निर्णय अनुसार यो व्यवस्था आसेज १ गते २०७६ देखि लागू हुनेछ । जेष्ठ नागरिकले ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराए पछि ५० प्रतिशत छुटको टिकट निगमको कार्यालयबाट उपलब्ध गराइनेछ ।

संस्कृति, पर्यटन तथा नागकिर उड्डयन मन्त्री योगेश भट्टराईले घोषणा गरेको कार्यक्रमहरुमध्ये ५० प्रतिशतको छुट समेत समावेश भएकाले निगमले त्यसलाई कार्यरुपमा ल्याउन ५० प्रतिशत छुटको व्यवस्था गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वलाई कार्यरुप दिन क्यान्सर पीडित विरामीहरुलाई पनि निःशुल्क र छुटका टिकट उपलब्ध गराउँदै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै