इटहरी । इटहरीका पोलहरुमा डोको राखेर संविधान दिवस मनाईएको छ ।
संविधान दिवसका अवसरमा आयोजित सरसफाई कार्यक्रममा विज’लीका पोलमा डोको राखिएको हो । नसडने प्रकारका फोहोर हाल्ने उद्देश्य अन’सार पोल–पोलमा डोको राखिएको बताईएको छ ।
पर्यटकहरुको सहजताका लागि इटहरी चोक आसपासका खनार, पकली लगायका ठाउँमा डोको राखिएको इटहरी उपमहानगर वातावरण शाखा प्रमुख पुष्प चौधरीले वताए । उनका अनुसार बिस्तारै तरहर लगायतका ठाउँमा पनि डोको राखिने छ ।
इटहरीमा संविधान दिवस ४ दिन सम्म भब्यताका साथ मनाउने कार्यक्रम अनुसार आज पोलहरुमा डोको राखिएको हो ।