घुस लिएको आरोपमा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ

खरीबोट

काठमाडौँ । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब निरीक्षकलाई कार्यकक्षबाटै पक्राउ गरेको छ । आज अख्तियारको टोलीले महानगरीय प्रहरी वृत बौद्ध मातहत रहेको प्रहरी कार्यालय थलीका प्रमुख बिपिनचन्द्र पन्तलाई सेवाग्राहीबाट पाँच हजार घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरको हो  ।
थलीका स्थानीय व्यवसायीलाई बिना कारण पटक–पटक दुःख दिने गरेको र रकम माग गर्ने गरेको भन्दै स्थानीयवासीले अख्तियारमा उजुरी दिएका थिए । पक्राउ परेका पन्तलाई अख्तियारको टोलीले हिरासत पठाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
हालै मात्र बौद्धको प्रहरी प्रमुखका रुपमा आएका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंह महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत हुदाँ रु तीन लाख घुस रकम लिँदै गर्दा पक्राउ परेका थिए । केही समय निलम्बनमा रहेर उनले सफाइ पाएपछि पुनः सेवामा आएका हुन् । यसअघि महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरी नायब उपरीक्षक श्याम राई एक लाख ४० हजार घुससहित कार्यकक्षबाटै अख्तियारको टोलीले पक्राउ गरेको थियो । हाल राई निलम्बनमै छन् ।
 

सम्बन्धित समाचार

घुस लिएको आरोपमा प्रहरी जवान पक्राउ 

भीमदत्तनगर । कञ्चनपुरको गड्डाचौकी नाकामा कार्यालय समयमै रहेको बेला भारतबाट सामान ढुवानी गर्ने सेवाग्राहीबाट रु पाँच हजार घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दीपक चौधरी पक्राउ

लन्डनमा कन्टेनरमा ३९ जनाको लास भेटियो, ड्राइभर पक्राउ 

काठमाडौँ । बेलायतको लन्डनमा एक ट्रकमा ३९ जनाको लास भेटिएको छ । लन्डनबाट पुर्वमा रहेको इसेक्सबाट एक ट्रक (कन्टेनर) मा ३९ जनाको लास भेटिएको बिबिसीले उल्लेख गरेको छ । प्रहरीले २५ बर्षिय

विभिन्न मुद्दामा फरार पाँच पक्राउ

लहान । विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका पाँच जनालाई मंगलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरेको छ । चोरी, लेनदेन र कुटपिट मुद्दामा फरार सिरहा नगरपालिका–२ निवासी ६२ वर्षीय धनिकलाल

पटका सहित दुई पक्राउ

लहान । प्रहरीले करीब ५० हजार बराबरको पटाकासहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशबारीको टोलीले पटकासहित भारतीय सिमावर्ती क्षेत्रबाट सिरहाको भगवानपुर गाउँपालिका निवासी २६ वर्षीय अनिलकुमार चौधरी


z