भक्तपुरका कला–संस्कृति विस्थापित हुने खतरा

खरीबोट

फाइल तस्बीर । 

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कलाको राज्य भक्तपुरको मूर्त–अमूर्त कला–संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् । आज नेपाल क्रान्तिकारी डकर्मी सङ्घको तेस्रो भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले मौलिक तथा पुराना घर र सम्पदाहरूको निर्माणका सीप र प्रविधिहरू नयाँ पुस्तामा पुस्तान्तरण हुन नसके मासिने बताएका हुन् । 
उनले भक्तपुरको मूर्त–अमूर्त कला–संस्कृतिका कारण भक्तपुर घुम्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढिरहेको चर्चा गर्दै कालिगढहरूले नयाँ नयाँ प्रविधि र निर्माणबारे सिक्न अभिप्रेरित गरे । 
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भवन निर्माण र अन्य व्यापारका कामहरूमा भारतीय कामदार र लगानीकर्ताको संलग्नता बताउँदै नेपाली कामदारहरू बिस्तारै विस्थापित हुने खतरा बढेकामा चिन्ता व्यक्त गरे ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर । बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक हुनुभई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी छन् ।  सो

भक्तपुरका शक्तिपीठमा नवरात्रि मेला शुरु

भक्तपुर । घटस्थापनाको दिन बिहानैदेखि भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड लागेको छ । आजैबाट भक्तपुरमा नवरात्रि मेलासमेत शुरु भएको छ । यहाँका विभिन्न नौ शक्तिपीठमा आजदेखि बिहान र साँझ गरी दिनमा

भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि

भक्तपुर । देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय

भक्तपुरका कला–संस्कृति विस्थापित हुने खतरा

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कलाको राज्य भक्तपुरको मूर्त–अमूर्त कला–संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् । आज नेपाल क्रान्तिकारी डकर्मी सङ्घको तेस्रो भक्तपुर जिल्ला सम्मेलनको


z