• २०८१ बैशाख ७ शुक्रबार

भक्तपुरका कला–संस्कृति विस्थापित हुने खतरा

kharibot

फाइल तस्बीर । 

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कलाको राज्य भक्तपुरको मूर्त–अमूर्त कला–संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् । आज नेपाल क्रान्तिकारी डकर्मी सङ्घको तेस्रो भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले मौलिक तथा पुराना घर र सम्पदाहरूको निर्माणका सीप र प्रविधिहरू नयाँ पुस्तामा पुस्तान्तरण हुन नसके मासिने बताएका हुन् । 
उनले भक्तपुरको मूर्त–अमूर्त कला–संस्कृतिका कारण भक्तपुर घुम्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढिरहेको चर्चा गर्दै कालिगढहरूले नयाँ नयाँ प्रविधि र निर्माणबारे सिक्न अभिप्रेरित गरे । 
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भवन निर्माण र अन्य व्यापारका कामहरूमा भारतीय कामदार र लगानीकर्ताको संलग्नता बताउँदै नेपाली कामदारहरू बिस्तारै विस्थापित हुने खतरा बढेकामा चिन्ता व्यक्त गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै