• २०८१ बैशाख १२ बुधबार

नेइमार र एम्बाप्पे बिना पिएसजीले रियल म्याड्रिडलाई हरायो

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत समुह ए मा पिएसजीले रियल म्याड्रिडमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले रियललाई ३-० गोल अन्तरले पराजित गरेको छ । पिएसजीको जितमा एन्जल डि मारियाले २ गोल गरे भने एक गोल थोमस मेउनियरले गरेका थिए ।

किलीयन एम्बाप्पे, एडिसन कभानी र नेइमार बिना खेलेको पिएसजीले रियल म्याड्रिडलाई दबाबमा राख्दै यो जित हासिल गरेको छ । डिमारियाले आफ्नो पुर्व क्लब रियलविरुद्ध शानदार प्रदर्शन गरेका थिए ।

नेइमार प्रतिबन्धका कारण यस खेलमा अनुपस्थित रहे भने एम्बाप्पे र कभानी इन्जुरीका कारण टिम बाहिर रहेका छन् ।

जिनेदिन जिदानले नयाँ बनाउदै गरेको रियल म्याड्रिडको टिम पिएसजीविरुद्धको यस खेलमा पूर्णत एक्स्पोज भएको छ । इडेन हजार्ड, ग्यारेथ बेल र करिम बेन्जमाको आक्रमण असफल भएको छ ।

रियल म्याड्रिडले च्याम्पियन्स लिगको इतिहासमा सन् २००६ देखि पहिलो पटक पहिलो खेलमा हार बेहोरेको छ । साथै जिदानको नेतृत्वमा च्याम्पियन्स लिगमा रियलको यो अहिले सम्मकै फराकिलो हार हो ।

त्यस्तै पिएसजीले च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई पहिलो पटक पराजित गरेको छ ।

यो जितसँगै सम्ह ए मा पिएसजीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । त्यस्तै क्लब ब्रुग्गे र गालाटासारे बराबरी खेलेकाले १-१ अंक हासिल गरेका छन् भने रियल अंकविहिन रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै