• २०८१ बैशाख ७ शुक्रबार

दक्षिण अफ्रीकामाथि भारतको सहज जित, विराटको उत्कृष्ट ब्याटिंग

kharibot

काठमाडौँ । भारत भ्रमणमा रहेको दक्षिण अफ्रीका दोस्रो टी-२० खेलमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा भारतले दक्षिण अफ्रीकालाई ७ विकेटले पराजित गरेको छ ।

दक्षिण अफ्रीकाले दिएको १५० रनको लक्ष्य पछाएको भारतले १९ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतका लागि कप्तान विराट कोहलीले अविजित ७२ रन बनाउदै भारतलाई जित दिलाएका थिए । कोहलीले ५२ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै महत्वपूर्ण ७२ रन बनाएका थिए ।

विराटले टी-२० अन्तर्राष्ट्रिय खेलमा रोहित शर्माको धेरै रन बनाउने रेकर्डलाई समेत तोडेका छन् । कोहलीले २४४१ रन बनाएर रोहितभन्दा ७ रन अगाडी रहेका छन् । रोहितले २४३४ रन बनाएका छन् भने मार्टिन गपटिलले २२८४ रन बनाएका छन् ।   

त्यस्तै शिखर धवनले ४० रन र रोहित शर्माले १२ रन बनाएर आउट भएका थिए । त्यस्तै रिषव पन्त ४ रन बनाएर आउट भए भने श्रेयस अय्यरले अविजित १६ रन बनाए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ५ विकेट गुमाउदै १४९ रन बनाएको थियो ।

दक्षिण अफ्रीकाका लागि कप्तान क्वेंटक डिककले ५२ रन बनाए भने टेम्बा बभुमाले ४९ रन बनाएर आउट भए ।

त्यस्तै डेविड मिलरले १८ तथा डवाने प्रेटोरियसले १० रन बनाए ।

भारतीय बलर दिपक चहरले २ विकेट लिए भने नवदीप सैनी, रविन्द्र जडेजा र हार्दिक पाण्डेयले एक एक विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच भारतीय कप्तान विराट कोहली बनेका छन् ।

तीन खेलको सिरिजमा भारत १-० ले अगाडी रहेको छ । सिरिजको पहिलो खेल बर्षाले हुन सकेको थिएन । अब सिरिजको अन्तिम खेल आगामी आइतबार हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै