• २०८१ बैशाख ६ बिहीबार

एटलेटिको म्याड्रिडले युभेन्टसलाई बराबरीमा रोक्यो

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गतको समुह डि अन्तर्गतको खेलमा युभेन्टसलाई एटलेटिको म्याड्रिडले बराबरीमा रोकेको छ ।

गएराती भएको खेलमा युभेन्टस र एटलेटिको २-२ गोलको बराबरीमा रोकिएका छन् । २-१ ले अगाडी रहेको युभेन्टसलाई एटलेटिकोका हेक्टर हरेराले खेलको ९०औ मिनेटमा गोल गर्दै युभेन्टसलाई बराबरीमा रोकेका थिए ।

एटलेटिकोको लागि पहिलो गोल स्टेफेन साभिकले खेलको ७०औ मिनेटमा गरेका थिए । त्यस्तै युभेन्टसका लागि पहिलो गोल जुआन कउडार्डोले खेलको ४८औ मिनेटमा गरेका थिए भने दोस्रो गोल ब्लैस मटाउडीले खेलको ६५औ मिनेटमा गरेका थिए ।

२-० ले पछि परेको एटलेटिकोले उत्कृष्ट फाइटब्याक गर्दै खेल बराबरी गरेको थियो । यस खेलपछि च्याम्पियन्स लिग जित्ने दाउ हेरेको युभेन्टसको डिफेन्स कमजोर देखिएको छ । कप्तान जिओर्जियो चिएलीनीको इन्जुरी युभेन्टसलाई महँगो परिरहेको देखिन्छ ।

साथै रोनाल्डोले केहि प्रयास उत्कृष्ट गरेपनि त्यसलाई गोलमा भने परिणत गर्न अफसल भएका छन् ।

त्यस्तै समुह डि अन्तर्गत लोकोमोटीभ मोक्सले बायर लिभरकुशनलाई २-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब पहिलो खेलपछि समुह डि मा मोक्सको ३ अंक भएको छ भने एटलेटिको म्याड्रिड र युभेन्टसको १-१ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै