च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीको विजयी शुरुवात

खरीबोट

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले विजयी शुरुवात गरेको छ ।

गएराती भएको खेलमा समुह सी अन्तर्गत म्यानचेस्टर सिटीले शख्तर डोनेटस्कलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा रियाद महरेज, इके गुनडोगन र ग्याब्रियल जिससले एक एक गोल गरेका थिए ।

प्रिमियर लिगको पछिल्लो खेलमा नर्विच सिटीसँग पराजित भएको सिटी च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा भने उत्कृष्ट खेल देखाउदै जित हासिल गरेको छ ।
त्यस्तै समुह सी कै अर्को खेलमा डाइनामो जाग्रेबले एटलान्टालाई ४-० ले पराजित गरेको छ । 

पहिलो खेलपछि समुह सीमा म्यान्चेस्टर सिटी र डाइनामो जाग्रेबको ३-३ अंक भएको छ भने शख्तर र एटलान्टा अंक विहिन रहेका छन् ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको जित, स्टरलिङको ह्याट्रिक

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले लगातार तेस्रो जित हासिल गरेको छ । समुह सी अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले एटलान्टालाई ५-१ गोल अन्तरले पराजित गरेको छ । सिटीको

क्रुजको निर्णायक गोलमा रियल म्याड्रिडको जित 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस क्लब रियल म्याड्रिडले यस सिजनको पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले टर्कीको क्लब गालाटासारेलाई १-० गोल अन्तरले पराजित गरेको छ

च्याम्पियन्स लिगमा पिएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले क्लब ब्रुगेमाथि सहज जित हासिल गरेको छ । समुह ए अन्तर्गत गएराती सम्पन्न खेलमा पिएसजीले क्लब ब्रुगेलाई ५-० गोल अन्तरले पराजित गरेको छ । पिएसजीको जितमा

डिबालाले दुई गोल गर्दै युभेन्टसलाई जिताए

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत इटालियन क्लब युभेन्टसले जित हासिल गरेको छ । समुह डि अन्तर्गत युभेन्टसले रसियन क्लब लोकोमोटीभ मस्कोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा अर्जेन्टिनी स्ट्राइकर


z